बालकलाई जिउँदै खाल्डोमा गाड्ने पक्राउ
Advertisement

काठमाडौं : बालकलाई अपहरण गरी जिउँदै खाल्डोमा गाड्ने दुईजनालाई महानगरीय अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक धुवाचौर–१ घर भइ गोकर्णेश्वर नपा दक्षिण ढोका अर्याल गाउँमा डेरा गरी बस्ने भीमसेन बञ्जराका १० वर्षीय छोरालाई अपहरण गरी जिउँदै खाल्डोमा गाड्ने दुईजनालाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा दोलखाको मार्बु गाविस–९ का भीमबहादुर मगर र सोही गाविस–३ का रुद्र खत्री रहेका महानगरीय प्रहरी अपराध महाशाखा हनुमान ढोकाले जानकारी दिएको छ । दुबैले ती १० वर्षीय बालकलाई डेराबाट अपहरण गरी नजिकैको कृष्ण मन्दिर जंगलमा पुर्‍याई बन्धक बनाएका थिए ।
उनीहरुले बालकलार्इ शनिबार दिउँसो अपहरणपछि बन्धक बनाइएकाकुटपिट गरी खाल्डो खनेर टाउको बाहिर देखिने गरी शरीरमात्रै पुरेर हिँडेका थिए ।
‘बालकलाई कुटपिट गरी मर्‍यो भनेर टाउको बाहिर निकाली शरीरचाँहि पुरेर हिँडेका रहेछन्’, अपराध महाशाखाका डिएसपी रमेश थापाले भने, ‘होस खुलेपछि बालक आफैंलाई खाल्डोको माटो पन्छाउँदै निस्केर बाँच्न सफल भएको पाइयो ।’
बालकले खाल्डोबाट निस्केपछि आफूलाई अपहरणपछि कुटपिट गरिएको खबर उनी अध्ययनरत अल माइट्ली मोर्डन स्कुलमा खबर गरेका थिए ।
कुटपिटबाट आँखा, छाती र अनुहारमा गहिरो चोट लागेका बालकको नेपाल मेडिकल कलेज अत्तर खेलमा उपचार भइरहेको अपराध महाशाखाका एसपी  बुद्धिराज गुरुङले बताए । बालक अपहरणको कारण खुल्न नसकेकाले थप अनुसन्धान जारी राखिएको उनले जानकारी दिए ।
घटनाको जानकारी पाएर अनुसन्धान थालेको अपराध महाशाखाका डिएसपी रमेश थापा नेतृत्वको टोलीले दुबैलाई आइतबार काठमाडौंका फरक फरक स्थानबाट पक्राउ गरेको हो ।source:annapurnapost

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.