ब्लगरलाई हजार कोर्रा
Advertisement

रियाद/ साउदी अरबको सर्वोच्च अदालतले ब्लगर रैफ बदावीलाई १० वर्ष जेल र हजार कोर्रा सजाय सुनाएको छ । ‘इस्लामको अपमान’ गरेको भन्दै उनीविरुद्ध यो सजाय सुनाइएको हो ।

जनवरीमा उनीमाथि प्रहार गरिएका ५० कोर्राको भिडियो सार्वजनिक भएको थियो । त्यसको विश्वभर विरोध भएको थियो । विरोधपछि साउदी प्रशासनले सजाय पुनर्विचार गर्ने भन्दै अदालत पठाएको थियो । अदालतले सजाय सुनाएपछि उनकी पत्नी र मानवअधिकार संस्थाहरूले सजाय लागू भए उनको मृत्यु हुन सक्ने बताउँदै जीवन रक्षाका लागि अपिल गरेका छन् । बदावीले सन् २००८ मा अनलाइन फोरम लिबरल साउदी नेटवर्क बनाएका थिए । त्यसमा साउदीको धार्मिक तथा राजनीतिक नीतिमाथि आलोचना गरिएको थियो । यसलाई त्यहाँको प्रशासनले आपत्तिजनक भन्दै बदावीलाई सजाय तोकेको थियो ।source:nayapatrica

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.