पत्याउनुहुन्छ ? जहाँ मोबाइल फोन फुटाए बापत पैसा पाइन्छ
Advertisement

तपाईलाई विश्वास लाग्दैन होला, मोबाइल फुटाएबापत पनि पैसा पाइन्छ भनेर । तर बेलायतमा रहेको एउटा मोबाइल फोन कम्पनीले भने हालै एउटा विज्ञापन गरेर मोबाइल फोन फुटाउने टेस्टरको माग गरेको छ ।


पार्ट टाईम जागिरका रुपमा माग गरिएको मोबाइल फुटाउने कार्यका लागि वार्षिक पाँच हजार पाँच सय डलर तलब दिने कम्पनीले जनाएको छ । यस्तो जागिरका लागि आदर्श उम्मेवारको योग्यतामा मोबाइल प्रविधिलाई माया गर्नु पर्ने र यसै क्षेत्रमा रहेर लामो समयसम्म मोबाइल फुटाएको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।

यो समाचार टाइगर मोबाइलस् डटकमले उल्लेख गरेको छ । ‘हामी तपाईलाई नयाँ स्मार्टफोन लिन र त्यसको बारेमा नयाँ नयाँ जानकारी लिनुहोस् भन्ने चाहन्छाँै । तपाई त्यसलाई पानीमा डुवाउनु होस्, त्यसलाई तपाइले फुटाउँदा नयाँ अनुभव लिनुहोस्,’ विज्ञापनमा उल्लेख छ ।

उक्त जागिरका लागि अग्रेजी बोल्न र लेख्नमा राम्रो अनुभव हुनुपर्ने र कम्प्युटरमा पनि दक्षता हुनुपर्ने बताइएको छ । कम्पनीले मोबाइलको रिभ्यु गर्न बोरिङ हुने भएकाले यस्तो गर्न लागेको जनाएको छ ।

टाइगर मोबाइलले भनेको छ, ‘हाम्रा ग्राहकहरु ग्याजेटमा र्याम कति छ भनेर खासै चासो दिदैनन्, तर उनीहरु स्क्रिन कति बलियो छ, फुट्यो भने कसरी सफा गर्न सकिन्छ भन्ने विषयमा बढी चाँसो दिन्छन् ।

उनीहरु वास्तविक जीवनमा मोबाइल चलाउनु कति चुनाँैतीपूर्ण हुन्छ भन्ने जान्न चाहन्छन् । कम्पनीले भनेको छ, ‘संभव त यो निकै असाधारण काम हो जसका लागि हामीले कामदार नियुक्त गर्दैछाँै तर यो एउटा निकै नै महत्वपूर्ण काम पनि हो ।’ ग्राहक सेवा प्रमुख ब्राण्डन एक्वार्डले भने । उनले अगाडी भने ‘ग्राहकहरु फोनको पूर्णरुपमा परीक्षण होस् भन्ने चाहन्छन् । यसका लागि मोबाइललाई सबैतरिकाले परीक्षण गर्नुपर्ने हुन्छ । ’

कम्पनीले छनोट भएका उम्मेद्वारलाई मोबाइल फुटाउँदा भोगेका सबै अनुभव समेटेर रिभ्यु लेख्न लगाउने जनाएको छ । रिभ्युमा मोबाइल फुटाउँदाको रमाइलो क्षणलाई समेटिने र त्यस्ता उम्मेद्वारले वर्षमा ६ देखि १० वटासम्म फुटाउनु पर्ने कम्पनीले जनाएको छ । source tajasamachar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.