मर्सबाट मर्नेको संख्या १६ पुग्यो, नेपाली संक्रमित नभएको दुतावासको भनाइ
Advertisement
विकाश श्रेष्ठ ।
३२ जेठ, दक्षिण कोरिया ।
३२ जेठ, दक्षिण कोरिया ।
दक्षिण कोरियामा तिब गतिमा फैलिरहेको मिडल इष्ट रेष्पीरेटरी सिन्ड्रोम मर्स जिवाणूबाट मर्नेको संख्या सोह्र पुगेको छ । सोमबार थप दुई संक्रमित विरामीको मृत्यु भएसँगै मर्नेको संख्या वृद्धि भएको हो । घातक मर्स जिवाणूबाट संक्रमित हुनेविरामीको संख्या एक सय पचास नाघेको छ । त्यस्तै मर्स महामारी फैलिएपछि सरकारले उच्च सतर्कता जारी राखेको बेला देशका ठुला उत्पादनशिल कम्पनीहरुले आफ्ना कम्पनीहरुमा मर्स संक्रमण फैलिन नदिन पुर्वसर्तकता अपनाएका छन ।
मर्सको संक्रमण कम्पनीहरुमा प्रवेश गरे यसले भयावह स्थिति सिर्जना गर्ने भन्दै सामसड, हुन्डाइ, एल जी लगायतका ठुला कम्पनीहरुले आफ्ना क्षेत्रमा सतर्कताका उपाय अपनाएका हुन् ।
यसैबीच मर्समहामारीका कारण कोरियाको अर्थतन्त्रमा नकरात्मक असर पर्न थालेको विज्ञहरु बताउछन् । त्यस्तै कोरियामा सञ्चालित नेपालीहरुको व्यावसाय पनि मर्सको मारमा परेका छन । मर्सको संक्रमण फैलिए यता बिदाका दिन भिडभाड रहने नेपाली पसल, होटल रेष्टुरेन्टहरुमा गाहकको चाँप घटिरहेको व्यावसायिहरुले बताएका छन ।
केही सामाजिक सञ्जाल वेभसाइटहरु मार्फत मर्सजिवाणूबाट नेपालीहरु पनि संक्रमित भएको हल्ला बाहिर आएको समयमा सोलस्थित नेपाली दुतवासले हाल सम्म कुनै पनि नेपाली संक्रमणमा परेको आधिकारिक जानकारी नआएको स्पष्ट पारेको छ । श्रम सहचारी अनिल गुरुडका अनुसार मर्सबाट कुनैपनि नेपाली संक्रमित भएका छैनन् ।
यसैगरी विश्व स्वास्थ्य संगठनलेकोरियामा फैलिरहेको मर्स महामारीलाई जटिल र व्यापकको संज्ञा दिदै संक्रमण थप फैलिन सक्ने चेतावनी दिएको छ । भने महामारी मर्स प्रभावित अस्पतालहरु भन्दा बाहिर नफैलिएको दाबी कोरियाका स्वास्थ्य अधिकारीहरुले गरेका छन् ।
गत मे बीस मा मध्यपुर्वकोभमणबाट फर्किएका एक व्यापारीमा पहिलोपटक मर्सको संक्रमण भेटिएको थियो। त्यसयता व्यापक बन्दै गएको मर्स महामारी साउदी अरबिया भन्दा बाहिर फैलिएको सवैभन्दा ठुलो हो । मर्सको जिवाणू पहिलो पटक सन दुइ हजार बाहमा साउदी अरबियामा देखा परेयता सो देशमा मात्रै झण्डै तीन सय जनाको मृत्यु भै सकेको छ । कोरियामा भने हालसम्म मृत्यु हुने सबै बुढापाका तथा गम्भीर रोगबाट थलिएका छन् । source nepaliheadlines
Advertisement