.बुढेसकालमा कांग्रेस सभासद् ओमदेवी र एसपी ढकालको हनिमुन
Advertisement

काठमाडौं, २१ जेठ । यतिबेला अधिकांश सभासद्हरु भूकम्प पीडित जनतालाई राहत वितरण र टहरा निर्माणमा व्यस्त छन् ।

तर यस्तो विपत्तिको बेला एक सभासद् भने हनिमुनमा रमाइरहेकी छिन् । नेपाली कांग्रेसले समानुपातिक सभासद् नियुक्त गरेकी ओमदेवी मल्ल जोशी हनिमुनमा व्यस्त छिन् ।
पहिलो श्रीमानसँग सम्बन्ध बिच्छेद गरेकी उनले नेपाल प्रहरीका एसपी केदार ढकालसँग दोस्रो बिहे गरेकी हुन् । पहिलदेखि नै गोप्य रुपमा सँगै बस्दै आएपनि केही महिनायता उनीहरुले आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका छन् ।
एसपी ढकालको फेसबुकवाल केहीदिन यता ओमदेवीसँग घुमघामका तस्विरले भरिएका छन् । एसपी ढकालको पनि यो दोस्रो बिहे हो ।
पहिलो बिहे सफल हुन नसकेपछि केही वर्षयता उनी एक्लै थिए । महत्वाकांक्षी स्वभावकी ओमदेवीले पनि श्रीमानलाई छाडेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
पहिला एमाओवादी निकट रहेका ओमदेवी पछिल्लो समय नेपाली कांग्रेससँग नजिकिएर सभासद् भएकी हुन् ।
एमाओवादी नेता नारायणकाजी श्रेष्ठ उनको नातेदार हुन् । त्यहीकारण उनी पहिला माओवादीसग निकट भएकी थिइन् ।
मोटो रकम चन्दा दिएपनि एमाओवादीले कतै नियुक्ति नदिएपछि उनी कांग्रेसतर्फ लागेकी हुन् ।
दोस्रो संविधानसभा चुनावमा कांग्रेसलाई चन्दा दिएकै कारण उनी सभासद्मा मनोनीत भएकी हुन् । सहकारी लगायतका क्षेत्रबाट उनले पैसा कमाएकी हुन् ।source /dainiknepal.com/

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.