.फेरी अर्को सनसनीपूर्ण नेपाली गान्धीसँगको अनायास भेट....
Advertisement

भूँइचालोले यति एकोहोरो बनाइदियो कि अरु सृजनशिल कुरा गर्नै बिर्सियौं। अपवादमा नेताहरु मात्रै छन् जो सधैं जसो फरक कुरा गर्दै छन्, सरकार बदल्ने। मरो मानसपटलमा भने नेपाली गान्धीसँग भेटका तस्वीरहरु आइरहेका छन्।


बैशाख ५ गते शनिबार। बिहान ११ः२५ तिर म टेम्पु चढेर महाराजगञ्जबाट लाजिम्पाट जाँदै थिएँ। स्वभाविकरुपमा अगाडि बसेका मान्छेहरुमा आँखा पुगे। आँखा एकैछिनपछि बाहिरतिर मोडिए किनकी अगाडि सिटमा बस्ने मानिसहरुमा हेरिरहनु पर्ने त्यस्तो चाखलाग्दो केही थिएन। लगभग २ मिनेटपछि मेरो मनले केही सम्झियो। लाग्यो, मेरो अगाडि कोही छ जसलाई मैले चिनेको हुनुपर्छ। मेरा अगाडि एउटा गम्भिर मानिसको तस्वीर थियो । त्यो मानिसका कपडामा मेरा आँखालाई आकर्षण गर्नसक्ने केही थिएन। कपडा सफा थिए तर शरीरमा चट्टक मिलेका र राम्रा थिएनन्। एक हिसाबले भन्ने हो भने उसलाई आफ्नो लवाइखवाइप्रति त्यस्तो मतलब नभए जस्तो देखिन्थ्यो। मलाई किन किन उसको अनुहार नियालेर हेर्न मन लाग्यो? ऊ भने मलाई नदेखे झैं गरी गम्भिर अनुहारले कतै एकटकले हेर्दैथियो। उसको आँखामा हेर्न मन लाग्यो। आँखामा कताकता नैराश्यता भनौं वा निराशा भनौं वा यस्तै केही देख्यो मेरो मनले। एकैछिनमा मलाई यो त मैले चिनेकै मान्छे हो भनेर ठम्याउन गाह्रो परेन।

त्यसपछि भने मलाई एकैपटक लाज र आत्माग्लानीले छोप्यो किनकि मैले चिनेको र आदरणीय मानिसलाई नचिनेको झैँ गरेको थिएँ। मैले नमस्ते गरेपछि आरामकुशलसम्म कुराकानी पुग्यो र फेरी बन्द भयो।

उहाँले के सातिरहनु भएको थियो थाहा भएन तर म भने उहाँकै बारेमा सोचेर बसेँ। मनमनै लाग्यो के यो त्यही मान्छे हो जसले एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार लगायतका अन्तराट्रिय पुरस्कारहरु पाएको छ? जसले पिछडिएका  निमुखाहरुलाई आधुनिक विधिहरु सिकाएर जीउन केही सरल बनाइदिएको छ। के यो त्यही मान्छे हो जसले करोडौं नगद पुरस्कार र करोडौं कमाउने काम गरिसक्दा पनि एउटा पाँच लाखको गाडी किन्ने पैसा जोहो गर्न सकेन? आफूले पाएको नाम, सम्मान, शक्ति र बुद्धिलाई भजाएर सम्पत्ति कमाउने र विलासिताको जीवन जीउनेहरुको मात्रै बोलवाला भएको हाम्रो समाजमा यो कुन ग्रहबाट आएको जन्तु हो झैं पनि लाग्यो? के यो मान्छे त्यही महाविर पुन होइनन्? कि यो त्यही मान्छे होइन जसले तारविहिन इन्टरनेटको विकास गरेर अशिक्षित गाउँलेलाई आफ्ना गाईभैँसीसमेत इन्टरनेटमार्फत किनबेच गर्न सिकायो?

त्यत्तिकैमा लगभग दुई महिना पहिलेको एउटा दृश्य मेरो मानसपटलमा घुम्न लाग्यो। उहाँ उर्जा मन्त्रालयबाट निस्केर सिंहदरबार बाहिरपटिको सानो चियापसलमा चिया पिउँदै हुनुहुन्थ्यो। मलाई मेरो साथीले त्यहीँ पुर्याउनुभयो। महाविर पुन नेपाली युवालाई नेपालमै काम लगाउन सके मात्र नेपाल र नेपालीको उन्नति हुन्छ भनेर त्यसैमा लागि पर्ने मानिस हुनुहुनुहुन्छ। त्यसकै लागि उहाँले इन्नोभेसन सेन्टरको स्थापना गरे। क्षमतावान र कर्मठ नेपाली युवालाई नेपालमै रोक्नको लागि उनीहरुको क्षमता र सीप अनुसारको अवसर र सम्भावना सिर्जना गर्नुपर्छ भन्ने सोच उहाँको छ। त्यसको लागि एउटा निरन्तर चलिरहन सक्ने बलियो संस्था बनाउने उद्देश्य बोकेर यो सेन्टरको स्थापना भएको हो।

संस्थाको आयबाट विज्ञान र आविष्कारको क्षेत्रमा काम गर्न चाहने जिज्ञासु युवालाई आर्थिक सहयोग गर्ने उहाँको इच्छा हो। यसको लागि एउटा १० मेघावाटको हाइड्रो प्रोजेक्ट उहाँले अघि सार्नुभयो। लगभग साठी करोड लगानी लाग्ने यो प्रोजेक्ट सरकारको सहयोगबिना लगभग असम्भव नै थियो। आफूसँग भएको सबै पैसा सामाजिक काममा लगाएर सकेका पुनसँग त्यत्रो पैसा हुने कुरै भएन। त्यसैले लागे उनी सरकारलाई गुहार्न। लाग्छ दुई तीन पटक मन्त्रीलाई भेटेपछि उनको सरकार र नेताप्रति पुरै विश्वास मरिसकेको छ । सबैलाई थाहै छ सरकारमा पुगेदेखि नै कमीसनका लागि दौडाहा टोलि बनाएर लागिपर्ने मन्त्री तथा नेताहरुले यस्तो पवित्र काममा तन, मन तथा समय केही दिन सक्दैनन्। मैले उहाँलाई त्यही भनें, ‘दाइ मन्त्रीहरुको दाउ अरु नै हुन्छ, तपाईंलाई सहयोग गर्दैनन्। बरु हामी आफंै मिलेर केही पहल गर्ने कि?’

‘भाइ यत्रो रकम हाम्रो क्षमताभन्दा बाहिरको कुरा हो।’ उहाँको उत्तर थियो ।

नेपालमा सरकारको तर्फबाट विज्ञान र प्रविधिको विकास गर्न भनेर  नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान नास्ट स्थापना गरिएको छ । तर, पुनकै भाषामा भन्दा यो संस्थालाई नेताहरुले राजनीतिक भर्तीकेन्द्र मात्र होइन पङ्गु बनाएका छन् ।  बर्षको १५ करोड रुपैंया बजेट छुट्याइएको नास्टमा तलबमा नै १४ करोड रुपैंया खर्च हुन्छ रे। अब १ करोड मर्मतसम्भार र विविधमा खर्च हुने नै भयो। त्यसैले नेपालमा क्षमतावान वैज्ञानिक र सृृजनशील यूवालाई अवसर दिने, उत्प्रेरणा दिने र उनीहरुको ज्ञान र सीपको सदुपयोग गर्न सक्ने कुनै संयन्त्र नै छैनभन्दा पनि हुन्छ । पुनकै भाषामा यस्ता यूवाहरु केही समय केही गर्न कोसिस गर्छन्। भनेजस्तो हँदैन, सरकारी संयन्त्रले सहयोगभन्दा विभिन्न बहानामा निरुत्साहित गर्छन्। त्यसैले, केही समयपछि पलायन हुन्छन् सधैंका लागि।

***
फेरि अर्को घटनाको सम्झना आयो। २०६७ तिर बाग्मती लगायतका नदीहरुलाई कसरी सफा गर्न सकिन्छ भन्ने कुराले मलाई एउटा सानो पुस्तक लेख्ने प्रेरणा जाग्यो। मलाई पहिल्यैदेखि बाग्मतीलाई सफा गर्नु पर्दैन यसलाई फोहोर मात्र नगरे पुग्छ भन्ने लाग्छ। बाग्मतीमा प्लाष्टिक त के मरेको भैंसी नै परेको रहेछ भने पनि बर्खा यामको एकै दिनको बाढीले बगाइदिनसक्छ। तलबाट प्लाष्टिक टिप्ने अनि माथिबाट ढल मिसाउन नछोड्ने हो भने बागमती साँचो अर्थमा कहिल्यै सफा हुन सक्दैन।

यस बिषयमा कुरा गर्न मैले कर्ण शाक्य, महाविर पुन र डा. बाबुराम भट्टराईलाई छानेँ। त्यतिखेर महाविर पुनलाई भेट्न म म्याग्दी पुगँे तर पछि पोखरामा मात्रै भेट भयो। अन्तराष्ट्रिय समुदायले पत्याएको भव्य मानिसलाई भेट्न जाँदा मन निकै उत्साही थियो। जब मैले उहाँलाई हाफपेन्ट र अत्यन्त सामान्य कामकाजी भेष्टमा देखेँ वहाँप्रतिको श्रद्धा अझ बढ्यो।

जलाउन मिल्ने फोहोरबाट बिद्युत निकाल्नु पर्ने, नदीको पानीलाई ट्रिटमेन्ट गरेर सफाई गर्नुपर्ने र ढललाई नदीमा मिसाउन नहुने वहाँको सुझाव थियो। नदीमा ढल मिसाएर हामी विश्वकै असभ्य नागरिकमा दरिएको र राजधानीका नदीहरु ढलमा बदलिनुले राजनितिक दरीद्रतालाई प्रष्ट्याएको उहाँको जीकिर थियो। फोहोरबाट विद्युत निकालेका केही शहरहरुको नाम पनि वहाँले लिनुभएको थिर्योेँ। अहिले बागमती सफाइ आयोजनाको नाममा खर्च गरिएको अर्बाैं रकमले सायद ठूला विद्युत गृह नै निमार्ण हुनसक्थे कि? बागमती सफाई आयोजनाले जनचेतना त ल्यायो तर बाग्मती सफा भएन। जनचेतना कै लागि यत्रो धनराशीको खर्च र जनताको स्वास्थ्यमा ठूलाठूला संक्रमणको खतरा अलि ठीक भएन कि?source online khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.