राष्ट्रपतिका छोरा विदेशमन्त्रीसँग आपत्तिजनक अवस्थामा फेला परेपछि : तस्विर सहित
Advertisement
भारत र पाकिस्तानको सम्बन्ध ऐतिहासिक दुश्मनीमा आधारित छ । केही दिन अघि मात्र पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष तथा हत्या गरिएकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा विलावल भुट्टो भारतविरुद्ध कडा अभिब्यक्ति दिएर चर्चामा आए । कश्मिर भारतबाट छुट्ट्याएरै छोड्ने अभिब्यक्ति दिएपछि उनको भारतमा चर्को आलोचना भैरहेको छ ।
बेनजिर भुट्टोका छोराले भने- कश्मिर भारतबाट खोसेरै छोड्छु विलावलको भनाइबाट क्रुद्ध भारतीय सञ्चार माध्यमले विलावलको जीवनका विभिन्न घटनालाई जोडेर उनको ब्यङ्ग गरिरहेका छन् । उनको विगतमा तत्कालीन विदेश मन्त्री हिना रब्बानीसँग नाम जोडिएपछि पाकिस्तानमा हंगामा भएको थियो । २ हाइ प्रोफाइल ब्यक्तिको प्रेम सम्बन्ध रहेको र विलावललाई विवाहित तथा सन्तानकी आमा समेत रहेकी हिना रब्बानीसँग विवाह गर्न चाहेको भन्दै निक्कै चर्चा भएको थियो सन् २०१२ मा ।
बंगलादेशी पत्रिकाले उनीहरुको तत्कालीन राष्ट्रपति युसुफ रज्जा गिलानी र तत्कालीन विदेशमन्त्री हिना रब्बानीबीच प्रेम सम्बन्ध रहेको र यसकै विषयमा बाउ छोराको झगडा भएको भनेर खुलासा गरेपछि निक्कै हंगामा भएको थियो । कति सम्म भने यी २ जनालाई राष्ट्रपति जरदारीले आपत्ति जनक अवस्थामा फेला पारेपछि छोरालाई गाली गरेको समेत दावी उक्त पत्रिकाले गरेको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्यन गरेका विलावल भुट्टोकी एक प्रेमिका थिइन् । तर उनी पनि समलैङ्गीक भएको भन्दै भारतीय मिडियाले ब्यङ्ग कसेका छन् । तत्कालीन पाकिस्तानी विदेशमन्त्री हिना रब्बानी सुन्दरताका कारण पनि निक्कै चर्चामा आएकी थिइन् । source taja khabar
Advertisement