पत्यार नलाग्ने ७ भविष्यवाणी जुन पुरा भए
Advertisement
तपाइलाई भविष्यवाणीमा कति को विश्वास लाग्छ? विश्वास लागे पनि नलागे पनि जब केही भविष्यवाणीहरु पुरा हुन्छन् तब भने एक छिन रनभुल्लमा पारिदिन्छ अनि भनिन्छ, “हैन होला! त्यसरी भविष्य देख्न कहाँ सकिन्छ र?”
यहाँ केही यस्ता घटनाहरु छन् जसको लागि घटना हुनु भन्दा पहिल्यै घटनाको बारेमा अनुमान लगाइसकिएको थियो।
टाइटानिक डुब्ने
सन् १९०९ मार्च ३१ मा थोमस एन्ड्रियुजले डिजाइन गरि बनाइएको टाइटानिक त्यो बेलाको सबैभन्दा ठुलो पानीजहाज थियो। सन् १९१२ अप्रिल १५ मा उत्तरी आन्ध्र महासागरमा रातीको समयमा बरफको ठुलो ढिक्कासंग ठोक्किदाँ टाइटानिक डुबेको थियो। ५२,३१० टन को यो पानीजहाज डुब्दा १५०० भन्दा बढी मानिसको ज्यान गएको थियो, जसमा २,२२४ जना यात्रु थिए।
सन् १८६१ सेप्टेम्बर ३० मा जन्मेका मोर्गान रोवर्टसन १९ औ शताब्दीमा छोटा कथाहरु लेख्ने प्रख्यात कथाकार थिए। सन् १८९८ मा उनले लेखेको ‘फुटिलिटी’ किताबमा टीटान नामक ठुलो पानीजहाज डुबेको कथा थियो। किताबको टिटान र टाइटानिक आकारमा उस्तै र उत्रै थिए। दुवै पानीजहाज ‘डुब्न नसक्ने’ पानीजहानको रुपमा लिइएको थियो। कथामा पनि पानीजहाज बरफकै ढिक्कामा ठोकिएर डुबेको थियो। दुवै पानीजहाजको गति २० नट भन्दा बढी थियो। कथामा पानीजहाज डुब्दा आधा जस्तो यात्री डुबेको प्रसंग थियो। यो कथा लेखेको १४ वर्ष पछि टाइटानिक पानीजहाज त्यसरी नै डुब्यो।
हिटलरको जन्मको भविष्वाणी
सन् १५०३ को डिसेम्बरमा फ्रान्समा जन्मिएका थिए नोस्ट्राडमस। उनले विभिन्न भविष्यवाणी गरेका थिए। हिटलरको जम्मको बारेमा पनि उनले १५ औ शताब्दीमै भविष्यवाणी गरेका थिए। उनले पश्चिमी युरोपमा गरिब परिवारमा एक बालको जन्म हुने र उसको जिब्रोले नै धेरै मानिसलाइ बसमा पार्ने अनुमान गरेका थिए। उक्त व्यक्तिको नाम ‘हिस्टर’ हुने भनि नोस्ट्राडमसले भविष्यवाणी गरेका थिए।
हिटलर बोल्न र भाषण गर्नमा अत्यन्त क्षमतावान मानिन्थ्ये।सन् १८८९ २० अप्रिलमा अष्ट्रिया, हंगेरीमा जन्मेका हिटलर नाजी पार्टीका प्रमुख थिए। सन् १९३३ देखि १९४५ सम्म जर्मनका चान्स्लर रहेका उनी निरकुंश शासक थिए। हिटलरले सन् १९४५ ३० अप्रिलमा आफैले गोली हानी आत्महत्या गरेका थिए।
नोस्ट्राडमसले १५ अौं शताब्दीमा गरेका भविष्यवाणी जुन पुरा हुदैछन्
हिरोसिमा र नागासाकीको बमबारी
एच. जी वेल्सले आफ्नो लेख ‘द वर्ल्ड सेट फ्रि इन १९१४’ मार्फत निकै ठुलो मानिने हिरोसिमा र नागासाकीको बमबारी र त्यसको क्षतिको बारेमा भविष्यवाणी गरेका थिए। त्यहाँ आणविक बम पड्काइनु भन्दा ३० वर्ष अगाडी लेखिएको उक्त लेखमा आणविक बमको बारेमा प्रसंग निकालेका थिए। साथै उक्त ठाँउमा बर्षौसम्म बस्न नमिल्ने हुने बारेपनि उल्लेख गरेका थिए।
ज्वालामुखी, सुनामी र क्याट्रिना आँधी
१,८३३ मानिसको ज्यान लिने गरि सन् २००५ अगस्ट २३ बाट ३१ सम्मको अवधिमा उत्तर पूर्वी अमेरिकामा आएको आँधीलाइ क्याट्रिना आँधीको नाम दिइएको थियो। अमेरिकाको इतिहासको ५ ज्यानमारा आँधी मध्ये एउटा आँधी हो क्याट्रिना आँधी।
पालमर नामक एक व्यक्तिले यो आँधीको पहिल्यै भविष्यवाणी गरेका थिए, जसबाट उनी चर्चित पनि भएका थिए। साथै डिसेम्बर २६, २००४ मा हिन्द महासागरमा ज्वालामुखी विस्फोट पछिको सुनामी आउछ भनि भविष्यवाणी गरेका थिए उनले। यो सुनामीले १४ देशका २३०,००० मानिसको ज्यान लिएको थियो।
अब्राहम लिङ्कनको सपना अनि उनको हत्या
अब्राहम लिंङ्कन, जो त्यो बेला अमेरिकाका राष्ट्रपति थिए, उनलाइ एउटा नाटकघरमा नाटक हेर्दै गर्दा गोली हानी हत्या गरिएको थियो। उनी सन् १८६५ अप्रिल १४ मा ‘आवर अमेरिकन कजन’ नामक नाटक हेर्दै थिए ‘फोर्ड थिएटर’ नामक नाटक घरमा।
यो घटनाको करिब दुइ हप्ता अगाडीनै अब्राहम लिंकनले आफ्नो हत्या भएको सपना देखेको कुरा बताएका थिए। जब सपनामा सबै मानिसहरु दुखी देखिन्थे, उनले गार्डलाइ सोधे, ‘ह्वाइट हाउसमा कसको मृत्यु भएको?’ गार्डले जवाफ दिए, ‘राष्ट्रपति! उनको हत्या गरियो!’
त्यो बेला चर्किरहेको गृह युद्धले गर्दा उनलाइ परेको दवाबको असरले पनि उनले यस्तो सपना देख्ने गरेको बताइन्छ।
इन्टरनेट
इ एम फ्रोस्टरले सन् १९०९ मा एक कथा लेखेका थिए, ‘द मेसिन स्टप्स’ जसमा उनले भविष्यमा मानिसहरु एकअर्कामा कसरी कुराकारी गर्नेछन् भनि लेखेका थिए, अहिलेको इन्टरनेटको बारेमा। कसरी मानिसहरु इन्टरनेटमा भुल्नेछन्, ‘भर्चुअल’ सम्बन्ध कति सङ्ख्यामा बढ्छ र वास्तविक सम्बन्धबाट मानिसहरु कसरी टाढा हुन्छन् भनि कथामा लेखिएको छ।
विश्व, सञ्चारको सुविधाको कारण कति सानो महसुस हुन्छ भनि कथामा बताइएको छ। अनि संसार वास्वविक सम्बन्ध अनि कुराकानीको कमीले कति निरश हुन्छ भनि कथाले बताएको छ।
उनले कथा लेखेको बेला इन्टरनेटको कुनै कुरा विश्वमा उब्जेको थिएन। सन् १९६० पछि अमरेकी सरकारले कम्प्युटरको नेटवर्कबाट सञ्चार सजिलो होस् भनि अनुसन्धान गरेपछि इन्टरनेट तर्फ विस्तारै विश्व अगाडी बढेको थियो।
चन्द्रमामा मानिसको अवतरण
सन् १८६५ मा भर्नेले ‘फ्रम द अर्थ टु द मुन’ मा चन्द्रमामा जाने घटनाको बारेमा लेखेका थिए। जसमा उनले रकेटको आकार, कति जना मानिस जानेछन्, कुन ठाँउमा अवतरण हुनेछन्, चन्द्रमा पुग्न रकेटमा कति समय लाग्नेछ , अनि अन्तरिक्षमा जाँदा महसुस हुने तौलविहिनता (weightlessness) को बारेमा लेखेका थिए।
करिब १०० वर्ष पछि, सन् १९६९ जुलाइ २० मा एपोलो ११ रेकेटमा निल आर्मस्ट्रङ र वज अल्ड्रिन पृथ्वीबाट ६ घण्टाको यात्रा पछि मानव इतिहासमा पहिलो पटक चन्द्रमामा पाइला टेकेका थिए। source taja khabar
Advertisement