-होस् गर्नोस् है, फेसबुक ह्याक होला !
Advertisement
काठमाडौं – राजधानी र आसपासका बासिन्दामा कतिबेला भुइँचालो आउला ? कसरी सुरक्षित भएर बस्ने भन्ने त्रास अझै छ । तर, १२ कक्षा पढ्ने ठिटाहरु अर्काको फेसबुक ह्याक गर्दै पैसा असुलीमा लागेछन् । अहिले प्रहरी नियन्त्रणमा एकजना ठिटा त छन् , तर बाँकी दुई ठिटा अझै युवतीहरुलाई हायलकायल पार्नमै मग्न छन् । तीनजनाको समूह बनाएर चलेको यो धन्दामा रमाइलो रहेछ ।
फेरि ठिटाहरु परे निकै बाठा । अकाउन्ट ह्याक गरेपछि ह्याक गरिएका अकाउन्ट होल्डरका नजिकका चिनारु खोज्न थालिहाल्ने । भेटिएपछि चिनेकै मान्छेबाट म्यासेज पठाइहाल्ने । ‘अकाउन्ट ह्याक भएको छ, खोल्न सकिन्छ । बरु अलिकति पैसा लाग्छ ।’ यस्तोमा अकाउन्ट ब्लक वा ह्याक गरिएका फेसबुक प्रयोगकर्ताले जति पनि खर्च गर्ने नै भए । तर, ठिटाहरुले साहै्र धेरै कुरा केही नमाग्ने, ठूला कुरा पनि नमाग्ने । मान्छे हेरेर कोहीसँग पाँच सयका त कोहीसँग हजारका रिचार्ज कार्ड माग्ने । यस्ता माग केटाहरुको हकमा भयो । केटीसँग सकेसम्म डेटिङ अफर गर्ने, उस्तै परे शारीरिक शोषण सम्म गर्ने रहेछन् । अहिले बाग्लुङ घर भएर काठमाडौंको एउटा कलेजमा अध्ययनरत २२–२३ वर्षका बाहुन क्षेत्री युवक हनुमानढोका प्रहरी नियन्त्रणमा छन्,source lumbini khabar
Advertisement