पाकिस्तानले भारतलाइ दियो भयानक चेतावनी, पाकिस्तान भन्छ, 'सीमा ननाघ, हामी संग आणविक बम छ,
Advertisement
२८ जेठ
म्यान्मारमा झै सीमामा घुसेर अपरेसनको चेतावनी दिएको भारतलाइ पाकिस्तानले पनि चेतावनी दिएको छ। पाकिस्तानले आफु म्यान्मार नभएको, आफुसंग आणविक हतियार पनि भएको भन्दै सीमामा हुने जुनसुकै कारवाहीलाइ पनि प्रतिरोध गर्ने जनाएको छ।
पाकिस्तानको रक्षा मन्त्रालयसंग जोडिएका एक मन्त्री राणा तनवीर हुसेनले भारतको चेतावनीलाइ जवाफ दिदै, “हामी म्यानमार हैन, के तपाइहरुलाइ हाम्रो सैन्य शक्तिको बारेमा ज्ञान छैन? पाकिस्तान एउटा आणविक देश हो, हामीसंग आणविक बम छ।’ भनेका छन्।
भारतले केही दिन अगाडी मात्र संकेत दिएको थियो कि ‘म्यानमार जतै छिमेकी देशहरुमा आफ्नो दुश्मन(उग्रवादी-आतंकवादी) को विरुद्द कारवाही चलाउन सीमा नाघ्न सक्छ।’
भारतको Mi-35 हेलिकप्टर, जुन म्यानमार अपरेशनमा प्रयोगमा ल्याइएको थियो।
भारतबाट यस्तो अभिव्यक्ति केन्द्रिय मन्त्री राज्यवर्द्धन रठौडले दिएका थिए। म्यानमारमा चलाएको अपरेशनको लागि भारतीय सेनाको प्रसंशा गर्दै उनले भनेका थिए, ‘म्यानमारको जस्तो अपरेशन छिमेकी देशको लागि पनि चेतावनी हो, जो आतंकवादीहरुलाइ आश्रय दिदैछन्। भारत आफ्नो दुश्मनलाइ खोज्न अब सीमा पनि नाघ्न सक्छ।’ रठौडको यस्तो बयानलाइ मोदी सरकारका केही मन्त्रीहरुले पनि समर्थन गरेका छन्। केही मन्त्रीहरुको विचार छ की, ‘२६/११ को मुंबइ हमाला पछि भारतीय सेनाले छिमेकी देशहरुको विरुद्धमा यस्तो कारवाही गर्नै पर्ने थियो।’
यस्तैमा पाकिस्तानका गृह मन्त्री चौधरी निसार अली खान चेतावनी दिएका छन् कि, ‘हिन्दुस्तानी नेताहरु दिनमा सपना देख्न बन्द गर। हामीलाइ म्यान्मार नसम्झ’।’ उनले भने,’ यस्तो बयानले बातचीतको वातावरण पनि खराब हुन्छ। यदि भारतले कुनै कार्य गरेमा सबक हामी पनि सिकाउन सक्छौं।source:npheadlines

Advertisement