प्रहरीले युवतीलाई बाटैमा गिद्धेनजर लगाउँदा…
Advertisement

कडा अनुशासनमा रहेर जनताको जीउधनको सुरक्षा गर्नुपर्नेहरु नै पशुमा परिणत भएपछि अन्ततः एउटी शिक्षित र सचेत महिलाले कानुनी प्रतिवादमार्फत बहादुरीपूर्ण उदाहरण प्रस्तुत गरेकी छन् । आइतबार दिनभर नेपाल प्रहरीले धुइँपत्ताल एउटा गाडीको स्वामित्व खोज्दै जाँदा प्राप्त विवरण जति उदेकलाग्दो छ, त्यत्तिकै प्रशंसा ती युवतीको गर्नुपर्ने हुन्छ, जसले बर्दीधारीका विकृतिको उछित्तो काढ्ने साहस गरिन् ।



नाम हो– प्रियंका पोखरेल । उमेर २४ वर्ष । मास्टर्स डिग्री सकिनै लागेको छ । बिदाको दिन शनिबार कोटेश्वरमा हिँड्दै गर्दा एउटा गाडी उनको अगाडि आएर रोकियो । उक्त गाडीमा सवार सुरक्षाकर्मीले जे हर्कत देखाए, त्यसैको बेलिविस्तार हो यो समाचार । सहीसाध्य नभएपछि युवती त्यहीं नजिकैको चौकीतिर गइन् र इन्स्पेक्टर धर्म भण्डारीका सामु पड्किन थालिन्, ‘यही हो तपाईंहरुको धर्म ? चेलिबेटीलाई यसो गर्न पाइन्छ ?’ कानुनी कारबाहीका निम्ति ठाडो निवेदन लेखेर दिउँसो साढे ३ बजे बुझाइन् र चुनौती दिइन्, ‘यिनीहरुलाई कारबाहीको दायरामा ल्याउनुभएन भने ठीक हुने छैन ।’ उनका अनुसार नीलो रङको गाडीमा आएका बन्दुकधारीले पैतालादेखि शीरसम्म घुर्दै मुख मिठ्याएर बाटो लागेका रहेछन् । निवेदनमा लेखिएको छ, ‘मेरो संवेदनशील अंगमा राज्यका पहरेदारले यसरी आँखा गाड्न पाउने कि नपाउने ? यसबाट मेरो मानहानी भएको छ । महिलालाई हेर्ने यिनको दृष्टिकोण ठीक भएन ।’ प्रत्यक्षदर्शीसँग बुझ्दा उक्त गाडी सातदोबाटोतर्फ मोडिएको सुन्नमा आयो । आइतबार यातायात व्यवस्था विभागमा पुगेर बुझ्दा पो बल्ल थाहा लाग्यो– गाडी सशस्त्र प्रहरी बल, हल्चोकका नाममा दर्ता रहेछ । नेपाल प्रहरीको आपतकालीन उद्धार टोली (क्युआरटी) भनेजस्तै सशस्त्रको आइआरटी अर्थात् इमिडिएट रेस्क्यू टिमले प्रयोग गर्ने गाडी रहेछ त्यो । नम्बर हो– बा१झ ७५० । प्रहरीले गृहमार्फत पत्राचार गरी त्यसदिन उक्त गाडीमा सवारहरुमाथि आशय करणीको अभियोगमा कानुनी कारबाही अघि बढाउने सम्भावना रहेको स्रोतको दाबी छ । जनआस्थामा समाचार छ ।  source rochak khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.