राहतका ५०० बाकस लिएर आइपुगे ज्याकी च्यान- आजै च्यानले ललितपुरको विभिन्न स्थानमा भूकम्प पीडितको लागि राहत वितरण गर्ने कार्यक्रम छ ।
Advertisement

काठमाडौ, जेष्ठ २६ - हलिउड सुपरस्टार ज्याकी च्यान राहत कार्यक्रममा सहभागि हुन काठमाडौं आइपुगेका छन् । उनी एयर चाइनाको बिमानबाट आज ११:२७ मा काठमाडौं ओर्लिएका हुन् ।

रेडक्रस सोसाइटी अफ चाइनासँग मिलेर ज्याकी च्यान च्यारिटेबल फाउन्डेसनले नेपालका भूकम्प पीडितको लागि सहयोग गरिरहेको छ । ज्याकीसँगै रेडक्रस सोसाइटी अफ चाइनाको टिम पनि आइपुगेको छ ।
ज्याकी राहतको लागि ५०० बासक सामग्रीसहित काठमाडौं आइपुगेका हुन् । ती बाकसहरु भूकम्प पीडितहरुलाई वितरण गरिनेछ । बासकमा रेनकोट, ब्रस, तौलिया, चप्पल, कुसन, सरसफाईको सामग्रीलगायत सामग्री छन् ।
आजै च्यानले ललितपुरको विभिन्न स्थानमा भूकम्प पीडितको लागि राहत वितरण गर्ने कार्यक्रम छ । उनले सांकेतिकरुपमा केही परिवारलाई राहत वितरण गर्नेछन् ।  जावलाखेलस्थित अपाङ्गता भएका व्यक्ति राखिएको शिविरमा उनले राहत वितरण गर्ने कार्यक्रम रहेको नेपाल रेडक्रस सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिए । ज्याकीले आजै ललितपुरको च्यासल र सिद्धिपुरस्थित सानागाउँमा पुगी राहत वितरण गर्ने छन् ।
एक्सन स्टारको रुपमा चिनिने उनी नेपालमा समेत लाेकप्रिय छन् । एक्सन कमेडी फिल्मबाट सफलता पाएका ज्याकी आजै साँझ हङकङ फर्किने कार्यक्रम छ ।source:ekantipur

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.