राजविराज :बलात्कारका लागि कोठा दिनेलाई जेल सजाय
Advertisement

राजविराज : बलात्कारका लागि कोठा उपलब्ध गराई पहरा दिने दुई किशोरलाई जिल्ला अदालतले सोमबार २०/२० दिनको कैद सजायको फैसला गरेको छ।

 जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजलाशले पीडितको घरमा डेरा गरी बस्ने बिद्यार्थीहरु पातो गाविस–४ का राजेशकुमार साह र बनैनियाँ गाविस–८ कमलपुरका सन्तोष यादवलाई २०/२० दिनको कैद सजायको फैसला गरेको हो । बलात्कारका मुख्य आरोपित पातो गाविस–१ का १८ वर्षीय ब्रह्म साह फरार रहेकाले उनको मुद्दा मुल्तबी राखिएको छ ।
 घरमा अभिभावक नभएका बेला नुहाएर कोठाभित्र प्रवेश गरिरहेकी बालिकालाई उनकै घरमा डेरा गरी बस्ने विद्यार्थीहरुको कोठामा गत ०७१ वैशाख ४ गते बलात्कार भएको थियो । डेरा गरी बस्ने विद्यार्थीहरुले बलात्कारीलाई कोठा उपलब्ध गराई ढोका बाहिर बसी पहरा दिएका थिए ।
 पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितहरुमध्ये राजेश र सन्तोष ०७१ बैशाख १३ गते पक्राउ परेका थिए । जिल्ला न्यायाधीश पोखरेलको आदेशमा आरोपितहरु रु. १५/१५ हजार धरौटी राखेर ०७१ जेठ ७ गते रिहा भएका थिए । अदालतको फैसलाअनुसार २० दिन सजाय पाएका उनीहरुले प्रहरी हिरासतमा २६ दिन बसिसकेकाले पुनः कैद बस्नु पर्ने छैन् ।
 वारेण्ट जारी भई फरार रहेका मुख्य आरोपितको वुवा किसुनदेव साहको नाममा रहेको जग्गाको तीन भागको एक भाग कुनै तरहले हक हस्तान्तरण हुन नपाउने गरी गत जेठ ३० गते अदालतले रोक्का गरेको छ । पीडितकी आमाले मुद्दाको अन्तिम टुङो नलागेसम्म आरोपितको वुवा किसुनदेव साहको नाममा रहेको पातो गाविस–१, २ र ९ को १७ कठ्ठा साढे तीन धुर जग्गा रोक्का गरी पाउँ भन्दै गत जेठ २८ गते अदालतमा निवेदन दिएकी थिइन्।source:annapurnapost



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.