नेपालमाथि भारतको फेरि अघोषित नाकाबन्दी
Advertisement

२०७२ जेठ ३१ गते


काठमाडौं, ३१ जेठ । भूकम्पबाट पीडितका लागि बंगलादेशमा अध्ययनरत विद्यार्थीले लिएर आएको राहत सामग्री भारतले बाटो नदिएका कारण बंगलादेश र भारतको सिमानामा आठ दिनदेखि अलपत्र परेको छ ।
२० गते करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री लिएर आए पनि भारतले बाटो नदिँदा उतै फर्काउनु पर्ने अवस्था आएको छ ।

बंगलादेशको रनपुरमा अध्ययनरत विद्यार्थीले राहत संकलन गरेको कारोबार दैनिकले छापेको छ ।
विभिन्न कानुनी झमेला देखाउँदै भारतले रोकेको ती विद्यार्थीहरुले बताएका छन् ।
राहतमा ब्लांकेट, नुन, औषधि, ड्राइफुड लगायत छन् ।
बाटो खोलिदिन पहल गर्न नेपाल सरकारलाई आग्रह गरेपनि सुनुवाइ नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
स्रोत - दैनिक नेपाल

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.