यसकारण गयो ताप्लेजुङको दर्जनौं बस्तीमा पहिरो
Advertisement
काठमाडौ, जेठ २९ । भूकम्पको कम्पनले कमजोर बनाएको पहाडमा अत्यधिक वर्ष भएपछि पहिरो गएको विज्ञहरुले औंल्याएका छन् । उनीहरुको अध्ययनमा विगतमा भीषण पहिरो गएका स्थानहरुमै पुनः पहिरो गएको हो ।
उनले यो पहिरोले भूकम्पले त्यहाँको पहाड पनि कमजोर बनाएको सन्देश दिएको बताए । ‘त्यसै पनि अहिले पहिरो गएको सनमा विगतमा ठूलो पहिरो गएका छन् । त्यही स्थानमा बस्तीहरु बसेका थिए,’ दाहालले भने,‘यस्ता स्थान निकै जोखिमपूर्ण हुन्छन् भन्ने जान्दाजान्दै पनि त्यही बस्ती बस्यो । धेरै मानवीय क्षति भयो ।’ उनका अनुसार लिवाङ,खोक्लिङलगायत ठाउँमा विगतमा पनि भीषण पहिरो गएका थिए । आजको नागरिक दैनिकमा खबर छ । source taja khabar
Advertisement