नाला भगवतीलाई फेरि पसिना आयो : अनिष्ट हुने डरले स्थानीय त्रसित
Advertisement

२०७२ जेष्ठ २९ शुक्रबार
:भूकम्पको त्रास भगाउन नाला भगवतीमा पूजा गरिँदै । फाइल तस्बिर
अनिष्ट हुने डरले स्थानीय त्रसित
धुलिखेल : काभ्रेको उग्रचण्डी नाला–४ मा रहेको उग्रचण्डी नाला भगवतीको मूर्तिको शिलाबाट साढे सात महिनापछि फेरि पसिना आएको छ ।



शुक्रबार काठमाडौँबाट नाला भगवतीमा पूजा गर्न आएका दर्शनार्थीहरुले मध्यान्ह १२ बजे भगवतीको शिलाबाट एक्कासी पसिना आएको देखेका थिए ।

नाला भगवतीलाई पसिना आएपछि स्थानीयबासी त्रसित बनेका छन् । भगवतीलाई पसिना आएपछि मुलुकमा अनिष्ट हुने किंवदन्ती भएकाले स्थानीय त्रसित बनेको मन्दिरका पूजारी कृष्णगोपाल कर्माचार्यले जानकारी दिए ।

उनका अनुसार काठमाडौँबाट आएका दुई महिला पूजा गर्ने क्रममा कामेपछि शिलामा पसिना आएको हो ।  भगवतीलाई पसिना आएपछि भगवतीको क्षमापुजा गर्न अनुरोध गरिएको कर्माचार्यले बताए ।

भगवतीको कोखबाट पसिना आउन सुरु भएको केही समयपछि पसिना आउने क्रम कम भएको पुजारी कर्माचार्यले बताए । उनले अहिले पनि भगवतीको दायाँ गोडामा पसिना आइरहेको जानकारी दिए ।

भगवतीलाई यसअघि २०७१ कातिक १५ गते पनि पसिना आएको थियो । भगवतीको शिलाबाट पसिना आएपछि देशमा अनिष्ट हुने किंवदन्ती रहेकोले भूकम्पको पीडामा रहेका सर्वसाधारण फेरि देशमा अर्को अनिष्ट हुने चिन्तामा रहेका छन् ।

कातिक १५ गते नाला भगवतीलाई पसिना आएपछि अनिष्ट हुन नदिन मन्दिर व्यवस्थापन समिति र नालबासीले क्षमापूजा, एक लाख पटक जप, सवा करोड दीप प्रज्वलन गर्नुको साथै नियमित पूजाआजा पनि गरेका थिए ।

भगवतीलाई पसिना आएकै कारण वैशाख १२ गते विनाशकारी भूकम्प गएको हुनसक्ने स्थानीयको बुझाइ छ ।     (लाभगवतीमा भूकम्‍प भगाउन क्षमा पूजा)

कातिक १५ गतेभन्दा अघि करिब एक सय ९४ वर्ष पहिले अर्थात् वि.सं. १८७७ पुस ४ गते शनिवार भगवतीको मूर्ति माथिबाट रगत खसेर ढाड हुँदै बाहुलीबाट खुट्टामुनि गएको नालाबासीले देखेको बुढापाका बताउँछन् ।

त्यसैगरी सोही वर्ष माघ ३० गते कुम्भ लग्ने शरीरको बीच भागबाट रगत आई आङ्गबाट खुट्टामूनि सिंहसानमा गएको हस्तलिखित पट्याउने किताबमा उल्लेख । भगवतीको शरीरबाट रगत बगेको केही महिनापछि हैजा लागेर धेरै नालाबासीको मृत्यु भएको किताबमा लेखिएको छ ।  source rochak khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.