- लापरबाहीका कारण परराष्ट्रका तीन सहसचिव पद स्वत: खारेज
Advertisement

काठमाडौँ, २७ जेष्ठ - परराष्ट्र मन्त्रालयको लापरबाही र अटेरीपनका कारण दुई सहसचिव पद स्वत: खारेज भएको छ।


साढे तीन वर्षदेखिबेइजिङस्थित नेपाली दूतावास र डेढ वर्षदेखि कन्सुलर विभागमा सहसचिव पदस्थापन गर्न नसक्दा परराष्ट्रका ती दुई पद स्वतः खारेज भएका हुन्। निजामती ऐनअनुसार एक वर्षसम्म पदस्थापन नगरेको खण्डमा त्यो पद स्वतः खारेज हुने व्यवस्था छ। यो कानुनी व्यवस्थाप्रति परराष्ट्रको ध्यान नजाँदा दुई पद खारेज हुन पुगेको कान्तिपुर दैनिकमा खबर छ।

ती दुई पद खारेज भएको जानकारी पाएपछि परराष्ट्रका अधिकारी आश्चर्यमा परेका हुन्। कानुनी बाटोसमेत नभएकाले अबती पद जोगाउन नसकिने परराष्ट्रकाएक उच्चअधिकारीले बताए। परराष्ट्र प्रशासनले यी पदबचाउन निकै प्रयास गरेको भए पनि सम्भावना न्यून रहेको एक अधिकारीले स्पष्ट पारे।

परराष्ट्र मन्त्रालयले केही समयअघि गरेकोसंगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्भेको कारण यसलाई नयाँ पदको रूपमा व्याख्या गरेको भए पनि कानुन त नमिल्ने स्रोतेले उल्लेख गरेको छ। source dc nepal

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.