महिलाको प्रिय कसरी बन्ने ? यो उपाय जानि राख्नुहोस !
Advertisement

कतिपय पुरुषलाई महिलासँग कसरी कुराकानी गर्ने र व्यवहार गर्ने भन्ने कुराले सताउने गरेको हुन्छ । त्यसैले कतिपय बेला उनीहरुको व्यवहारले बुझाईमा समस्या पनि ल्याउँछ । केही मनोवैज्ञानिक तथ्यमा ध्यान दिने हो भने यो गाह्रो कुरा भने होइन ।


–भावनाका विषयमा कुरा गर्नुहोस् । जस्तै बाल्यकालका सम्झनाहरु, भविष्यका रुचिहरु, इच्छाहरु आदिबारेमा कुरा गर्नुभयो भने उनीहरु खुलेर कुरा गर्न रुचाउँछन् ।

–उनीहरुले तपाईप्रति गरेको व्यवहारको ख्याल गर्नुहोस् । यदि तपाई उनीहरुको नजिकै उभिनु भएको छ भने अप्ठ्यारो महशुस गरेका हुन सक्छन् ।


–कहिलेकाँहि ठट्टा गर्नुहोस् । तर वरिपरिको वातावरण, परिस्थिति र मुड विचार गर्नुहोस् । यसले वातावरण रमाइलो त बन्छ नै, उनीहरुको ज्यादै नजिक पुराउँछ । कुरा गर्न सजिलो हुन्छ ।

–उनीहरुसँग नजिकको व्यवहार गर्नुहोस् । बोल्न नडराउने, नजिकको सम्बन्ध राख्ने महिलाहरु बढी आकर्षित हुने गर्दछन् ।

–उनीहरुका बारेमा कुरा गर्नुहोस् । महिलाहरु आफ्नोबारे धारणा सुन्न रुचाउँछन् । उनीहरुका बारेमा तपाईले केही थाहा पाउनुभयो, त्यसबारे कुरा गर्नुहोस् ।

–महिलाहरुलाई झर्को वा दिक्क लाग्ने कुरा नगर्नुहोस् । बरु आफ्नो विचार व्यक्त गर्नुहोस् ।

–प्रश्न गर्दा ठाडो तरिकाले होइन, नम्र र केही घुमाउरो तरिकाले सोध्नुहोस् ।

–आफ्नो परिचय नलुकाउनुहोस । काम, इच्छा र विचारबारे खुलेर कुरा गर्नुहोस् । उनीहरुको शारीरिक बनावट वा आँखाको हेराइ आदिबारे मात्रै कुरा नगर्नुहोस् ।

–सम्पूर्ण रुपमा नियन्त्रित हुँदा कहिलेकाँहि साथीभन्दा माथीको सम्बन्धमा तपाई आफै बाधक बन्नु भएको हुन सक्छ । त्यसैले त्यसबारेमा उनीहरुको धारणा बुझ्नुहोस र आफ्नो धारणा राख्नुहोस । source dainik online khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.