पत्याउन गाह्रो तथ्य:मान्छेले मान्छेको शिकार गरेर खाने भनेको सु्न्दा अनौठो लाग्न सक्छ तर यहाँ यस्तै छ
Advertisement
मान्छेले जनावरको शिकार गर्ने चलन त ढुंगे युग देखि नै शुरु भएको हो । तर मान्छेले मान्छेको शिकार गर्ने ठाउँ पनि छ भन्दा चाँहि तपाइँलाई पत्याउन गाह्रो पर्ला ।
मानिसहरुमा एल्बिनो जातिका मानिसको शरीरका अंग वा छाला आफूसँग हुँदा भाग्य खुल्ने विश्वास गर्छन् । त्यति मात्र होइन आफूसँग यो समुदायका मानिसको अंग भएमा प्रेम पाइन्छ भन्ने समेत जनविश्वास छ ।
हालै राष्ट्रसंघले जारी गरेको एक प्रतिवेदन अनुसार यी समुदायका मानिसलाई बचाउन स्थानीय सरकारले कडा कानून बनाएको छ ।
पछिल्लो छ महिनामा मात्र यो समुदायका १५ जनालाई अपहरण गरेर मारिसकिएको छ । यसरी मारिनेमा बालबालिकाको संख्या सबै भन्दा बढी छ । अव भने स्थानीय सरकारले एल्बिनोलाई आक्रमण गर्नेलाई गोली हान्ने आदेश दिएको छ ।
यो समुदायको सुरक्षका लागि सेना समेत खटाइएको छ । सरकारले एल्बिनोका अंगहरु वा छाला सहित फेला पर्ने ब्यक्तिलाई समेत गोली हान्ने आदेश दिएको छ ।source:nepaliheadlines
Advertisement