फिल्म रिलिज भएको भोलिपल्ट नायिकाको मृत्यु
Advertisement
आफू अभिनित फिल्म रिलिज भएकै भोलिपल्ट एक नायिकाको ज्यान गएको छ ।
तेलगु फिल्मकी चर्चित अभिनेत्री ३१ वर्षीया आरती अग्रवालको उपचारका क्रममा अमेरिकाको न्यु जर्सीको एक अस्पतालमा शनिबार निधन भएको हो ।
उपचारकै क्रममा हृदयघात भएर उनको ज्यान गएको चिकित्सकहरुले जानकारी दिएका छन् । शुक्रबार मात्रै उनी अभिनित तेलगु फिल्म 'रनम-२' रिलिज भएको थियो ।
आरतीका म्यानेजरले सञ्चारमाध्यमलार्इ बताएअनुसार आरती केही समययता अत्याधिक मोटोपनबाट पीडित थिइन् । उनका अनुसार आरतीलार्इ फोक्सको रोग पनि लागेको थियो । सोही कारण उपचारका लागि अमेरिका पुगेकी उनको हृदयघात भएर ज्यान गएको हो ।
आरतीले सन् २०११ तेलुगु फिल्म 'नुब्बु नाकु नचव' बाट फिल्मी जगतको यात्रा थालेकी थिइन् । उनको पहिलो फिल्म नै सुपरिहट भएको थियो ।
उनले 'नुब्बुलेका नेनु लेनु', 'इन्द्रा' र 'वसन्तम' फिल्ममा पनि अभिनय गरिसकेकी थिइन् । सन् २००५ मा तेलगु फिल्मकै कलाकार तरुणसँगको प्रेमसम्बन्ध टुटेपछि आत्महत्याको प्रयास गरेकी थिइन् ।
आरती हालसम्म करिब २५ वटा फिल्ममा अभिनय गरेकी थिइन् । उनी अभिनित अन्तिम फिल्म 'रनम-२' शुक्रबाट हलमा लागेको अवस्थामा शनिबार उनको निधन भएको खबर बाहिर आएको हो । source a2z khabar
Advertisement