अमेरिकाको सेन्ट लुइसमा ६० नेपालीहरु अलपत्र
Advertisement
काठमाडौं । अध्ययन गर्न भन्दै अमेरिकाको सेन्ट लुइस पुगेका ६० नेपाली विद्यार्थी आठ महिनादेखि अलपत्र परेका छन्। सेन्ट लुइस मिसउरी राज्यको एउटा सहर हो। यो एक बन्दरगाह पनि हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोख्रेलले नेपाली विद्यार्थी सेन्ट लुइसमा अलपत्र परेको जानकारी आएको बताए। ‘उनीहरू कसरी र कुन च्यानलबाट त्यहाँ पुगेको भन्ने प्रस्ट छैन’, उनले भने।
विद्यार्थीका आफन्तले दुई महिनाअघि परराष्ट्र मन्त्रालयसँग उनीहरूलाई फिर्ता ल्याउन सहयोग गरिदिन आग्रह गरेका थिए। तर नेपाली विद्यार्थीहरू सेन्ट लुइसबाट विश्वका अन्य मुलुकतर्फ छिर्ने प्रयास गर्दा पक्राउ परेको हुनसक्ने परराष्ट्रका अधिकारीले बताए।
‘उनीहरू या अमेरिकाकै वासिङटनतर्फ जान खोज्दा समातिएको हुनुपर्छ वा गैरकानुनी रूपमा त्यहाँ बसेका कारण समातिएको हुनुपर्छ, त्यो अझै प्रस्ट छैन’, मन्त्रालयका एक अधिकारीले भने।आजको अन्नपूर्ण पोष्टमा समाचार छ । source nepalsandesh
Advertisement