संविधान जारी भएको भोलिपल्टै मेरो राजीनामा : कोइराला
Advertisement

प्रधानमन्त्री सुशील कोइरालाले असार मसान्तसम्ममा नयाँ संविधान जारी गरेर आफूले राजीनामा दिने बताएका छन्।प्रमुख चार दलबीच संविधानका अन्तरवस्तुमा १६ बुँदे सहमति गरेको भोलिपल्ट मंगलबार संविधानसभा भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा कोइरालाले संविधान जारी गरेर आफूले राजीनामा गर्ने घोषणा गरे। ‘संविधान जारी भएको भोलिपल्ट राजीनामा गरेर सहमतीय सरकारको मार्गप्रशस्त गर्ने धारणा प्रधानमन्त्रीले राख्नुभयो’, बैठकमा सहभागी सभासद् पुष्करनाथ ओझाले भने।


सहमति भएलगत्तै मंगलबार प्रधानमन्त्री कोइरालाले संविधान जारी भएपछि आफूले राजिनामा गरेर राष्ट्रिय सहमतिको सरकार गठनको मार्गप्रशस्त गर्ने प्रतिबद्धता गरेका हुन्।

sushil dai- happyदलहरूबीच सोमबार राति भएको १६ बुँदे सहमतिमा प्रधानमन्त्रीको राजीनामा, राष्ट्रिय सहमतिको सरकार गठनलगायतका संविधान जारी भएपछि हुने ‘पावर सेयरिङबारे उल्लेख छैन।

कोइरालाले बैठकमा १६ बुँदे सहमति अनुमोदनको प्रस्ताव राख्दै संविधान जारी भएपछि राष्ट्रिय सरकार गठन हुने बताए। कांग्रेस संसदीय दलले दलहरूबीच भएको सहमति अनुमोदन गरेको छ। कोइरालाले सहमतिपछि राजनीतिक संक्रमण अन्त्य हुने बैठकमा बताएका थिए।

बैठकमा प्रधानमन्त्री कोइरालाले अब संविधान निर्माण प्रक्रिया फास्ट ट्र्याकमा अघि बढ्ने बताए। उनले फास्ट ट्र्याकबाट असार मसान्तसम्ममा नयाँ संविधान जारी हुने र त्यसपछि आफूले प्रधानमन्त्री पद छोडेर सहमतीय सरकार निर्माण हुने बताएका थिए। दलहरूबीच नयाँ संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको नयाँ निर्वाचन गर्ने सहमति भएको छ।

झन्डै ६ वर्षदेखि सहमति हुन नसकेका संघीयता, निर्वाचन प्रणाली, शासकीय स्वरूप र न्याय प्रणालीमा सोमबार दलहरू सहमतिमा पुगेका हुन्।

संघीयता, निर्वाचन प्रणाली र न्याय प्रणालीमा चारै दलको पूर्ण सहमति भए पनि शासकीय स्वरूपमा एमाओवादीले फरक मत राखेर अघि बढ्ने सहमति भएको छ। दलहरूबीच भएको सहमतिपत्रमै शासकीय स्वरूपमा एमाओवादीले फरक मत राख्ने उल्लेख गरिएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

एकीकृत माओवादीले संसदीय प्रणालीले राजनीतिक अस्थिरता कामय गरी सरकार फेरबदलको दाउपेच हुने भन्दै प्रत्यक्ष निर्वार्चित राष्ट्रपति कार्यकारी हुने राष्ट्रपतीय प्रणालीको वकालत गर्दै आएको छ। उसले राष्ट्रपतीय प्रणालीको आफ्नो मागलाई जनतामा लैजाने पनि बताएको छ।  source nepaliheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.