नेपालमा अब लामो समय ठूलो भूकम्पको सम्भावना छैनः विहङ्गमराज तिमिल्सिना
Advertisement

(ज्योतिष तान्त्रिक)
ज्योतिष तान्त्रिक विहङ्गमराज तिमिल्सिना पछिल्लो समयमा चर्चामा रहेका छन् । संसारमा धेरै मानिसहरुले ज्योतिष भविष्यफलबारे विश्वास नगरेपनि संसारका धेरै राजनेताहरु ज्योतिषीय विधितर्फ ढल्किएका पाइन्छन् ।

नेपालमा संविधानसभाको प्रक्रिया सुरु भएदेखि नै उनले गरेका अधिकांश भविष्यवाणी सत्य सावित भएका छन् । पहिलो संविधानसभाबाट संविधान नबन्नेदेखि शीर्ष नेताहरुकै कारण संविधानसभा विघटन हुन्छ र देशमा सरकारी कर्मचारीले शासन गर्छ भनेर उनले ९ महिनाअघि नै भविष्यवाणी गरेका थिए ।
यस्तै ज्योतिषी तिमिल्सीनाले रामचन्द्र पौडेल प्रधानमन्त्री बन्न नसक्ने र सुशील कोइराला प्रधानमन्त्री नबने बाहिरी मान्छे मुलुकको प्रधानमन्त्री बन्ने भनी दाबी गरेअनुसार खिलराज रेग्मी नेतृत्वको सरकार बनेपछि थुप्रै नेताले ज्योतिष तिमिल्सीनालाई भेट गरेका थिए ।
खिलराजको आगमनपश्चात एक टेलिभिजनमा मंसीरयता चुनाव हुन नसक्ने ठोकुवा गर्दै मंसीरको चुनावपछि नेपाली कांग्रेस पहिलो दल बन्ने र त्यसको प्रधानमन्त्री सुशील कोइराला बन्ने ठोकुवा गरेका ज्योतिषीले माओवादीको स्थिति कसैले नसोचेको व्यहोर्नुपर्ने र एमाले दोश्रो हुने भविष्यवाणी पनि गरेका थिए ।उनले दोस्रो संविधानसभाको निर्वाचनपछि माघ पहिलो सातामा सरकार बने सुशील कोइराला प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका थिए ।
वनारसबाट ज्योतिषशास्त्र र त्रन्त्रशास्त्रमा उच्च शिक्षा हासिल गरेका तिमिल्सिनाले यस्तै थुप्रै आश्चर्यलाग्दा भविष्यवाणी गरिसकेका छन् । ज्योतिष तिमिल्सिनाले एमालेमा केपी ओली अध्यक्ष हुने अधिबेशन उद्घाटनकै समयमा भनेका थिए । हाल काठमाडौंको बानियाटारमा बस्ने त्रान्त्रिक पण्डित तिमिल्सििनासँग ९८४१३१४१२० मा सम्पर्क गर्न सकिन्छ । उनै ज्योतिष तिमिल्सिनासँग नेपाल सन्देशकर्मी केशरमणि कटुवालले समसामयिक विषयमा गरेको कुराकानीः–
तपाइले विभिन्न समयमा नेपालको राजनीतिबारे भविष्वाणी गर्नुहुन्छ, त्यो कुन आधारमा गर्नुहुन्छ ?
– म एक ज्योतिषी तान्त्रिक हुँ । ज्योतिषीबाट भविश्यवाणी, जन्मकुण्डली, राशी कुण्डली निकालेको भन्दा तान्त्रिक विधिबाट करोडौं गुणा मिल्नेगर्छ । तान्त्रिक विधि भन्नाले मान्छेले अनेक सोच्ने र तर्सने गर्छन् । तान्त्रिक विधि पनि वैज्ञानिक विधि हो । म त्यसैका आधारमा भविष्यवाणी गर्ने गर्छु । तपाईहरुका अघि मैले कतिपय भविष्यवाणी गरेको छु, जु सत्य सावित भइसकेका छन् ।
अहिले दलहरुबीच १६ बुँदे सहमति भएको छ, यसले देशलाई निकास दिएला त ?
–दलहरुबीच अहिले जुन १६ बुँदे सहमति भएको छ । यो आफैमा पूर्ण होइन । यसलाई कार्यन्वयन गर्नका लागि सबै दलहरु तत्पर हुनुपर्छ । अहिले गुरु वृहस्पति बलियो भएका कारण दलहरु सहमतिमा पुगेका हुन् । यसलाई विथोलिन नदिन दलहरुले एउटा शक्तिशाली आयोग गठन गर्दा राम्रो हुन्छ । यसले नेताहरुलाई खुल्लमखुल्ला आरोप प्रत्यारोप गर्न दिँदैन र सहमतिले सार्थकता पाउँन सक्छ ।
पहिलो संविधानसभाबाट संविधान आउँदैन भन्नु भएको थियो । यो सहमतिको आधारमा संविधान आउँला त ?
–अहिले संविधानका लागि आशलाग्दो अवस्था देखिएको छ । दलहरुले यसअघि पनि सही तरिकाले अघि बढेको भए संविधान आउँथ्यो तर वार्तालाई उनीहरुले पूरै लत्याए । अहिले केही शुभ संकेतहरु देखिएका छन् । तर, संविधानसभा बाहिर रहेका दलहरुलाई पनि संगै लिएर जाने उदारता भने देखाउन सक्नुपर्छ । बेलैमा दलहरु सचेत बन्नुपर्छ । असन्तुष्टहरुले अशान्ति मच्चाउन पनि सक्छन् ।
अहिले तपाई राष्ट्रिय सरकार बन्ने र दलहरुको सहकार्यले दीर्घकाल सम्म निरन्तरता पाउँने देख्नुहुन्छ ?
अहिले ठूला भनिएका दलहरुले बाहिर भएका दलहरुलाई पनि समेट्न सके भनेमात्र यसले मूर्त रुप प्राप्त गर्न सक्छ । दलहरुले यसो गर्न सके देशलाई अमृत फल मिल्छ । अहिले मुख्य दलहरुको सरकार बन्ने सम्भावना भने छ ।
तपाई राजावादी शक्ति अबको राजनीतिमा हाबी हुने सम्भावना देख्नुहुन्छ ?
राजावादी शक्तिको अवस्था के हुन्छ भन्ने कुरा अहिलेका राजनीतिक दलहरुको व्यवहारमा भर पर्छ । दलहरुले मिलाउँन सकेनन् भने जनताले विकल्प खोज्छन् त्यसबेला राजतन्त्र हाबी बन्न सक्छ । जनताले राम्रो विकल्प खोज्नु स्वभाविक हुन्छ । दलहरु बेलैमा सचेत बन्नुपर्छ । तत्काल राजसंस्था फर्किने सम्भावना छैन ।
अब अन्त्यमा, २०७३ सालसम्म नेपालका ग्रहदशा राम्रो छैन पाकृतिक विपत्ति आइरहन्छ भन्छन्, खासमा के हो ?
मैले यसअघि राष्ट्रमा विपत्ति आउँछ भनेर ४ वर्षदेखि नै भन्दै आएको हो । नेपालको पश्चिमी भूभागमा जलप्रभाव पर्ने सम्भावना छ । नेपालमा अनावृष्टि, खण्डवृष्टि, अतिवृष्टि लगायतका विपत्ति आउँन सक्छन् । तर नेपालमा फेरि पनि ठूलो भूकम्प आउँछ भनेर हल्ला फिजाएका छन् । अब नेपालमा ८६ वर्ष तीन महिना ठूलो भूकम्पको सम्भावना म देख्दिन । साना आउँन सक्छन् । त्यसले त्यस्तो भयावह क्षति गर्दैन । source nepal sandesh



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.