प्रियंकाले घर छाडिन्, जहाज किन्ने तयारीमा
Advertisement

जेठ २९ , मुम्बई । अभिनेत्री प्रियंका चोपडाले परिवारको साथ छाडेर छुट्टै बस्ने निर्णय गरेकी छिन् । आफ्नी आमाले पहिलेदेखि छोरी स्वतन्त्र होस् भन्ने चाहना राखेकाले घर छाडेको बताएकी छिन् ।

‘मेरी आमाले पहिलेदेखि भन्नु हुन्थ्यो हरेक मान्छे स्वतन्त्र भएर बाँच्नुपर्छ । त्यही कारण मैले छुट्टै बस्ने निर्णय गरें ।’ समाचार एजेन्सीसँग कुरा गर्दै उनले भनिन् ।
यसअघि आमासँगै बस्दै आएकी प्रियंकाले भर्खरै जुहुमा नयाँ घर किनेकी छिन् । तर, यो उनको सपनाको घर भने होइन । अब आफुलाई हवाईजहाज किन्न मन लागेको बताएकी छिन् । ‘मेरो धेरै समय ट्राभलिङमा खर्च हुने भएकाले मलाई आफ्नै हवाईजहाज किन्न मन लागेको छ अब त्यसको तयारीमा जुट्छु ।’ उनले भनिन् ।
दील धड्कने दो सफल भएकोमा खुसी भएकी प्रियंका अबको केही दिनपछि सञ्जयलीला भन्सालीको ‘बाजीराब मस्तानी’ को सुटिङमा ब्यस्त हुने भएकी छिन् ।
त्यसो त उनको सहभागीता रहेको अमेरिकन टिभी कार्यक्रम पनि प्रशारण हुने भएको छ । उक्त कार्यक्रमको टिचरमा उनलाई सेक्सी लुक्समा प्रस्तुत गरिएको छ । अनलाइन खबर

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.