लोग्नेले परपुरुषसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि…
Advertisement
काठमाडौं । आजभोली समाजमा समलिङ्गी विवाहको चलन बढ्दै गइरहेको छ । महिला मात्रै हैन पुरुष र पुरुषबीच पनि विवाह तथा शारीरिक सम्बन्ध राख्न थालेका छन् । यद्यपी हाम्रो समाजले यो कुरा सहर्ष स्वीकार गर्न सक्दैन् ।
तर, विकसित समाजका मानवहरुले समलिङ्गी विवाह र शारीरिक सम्बन्ध राख्ने गरेका कतिपय उदाहरण छन् । भर्खरै मात्र त्यस्तो घटना फेरि दोहोरिएको छ । महिलासँग विवाह गरेका पुरुष पनि परपुरुषसँग अनैतिक सम्बन्ध राख्दै आएको खुलासा भएको छ ।
पेसाले डाक्टर कमलले परपुरुषसँग सम्बन्ध राखेको थाहा पाएपछि उनकी स्वास्नीको दिल्लीको एक होटलमा रहस्यमय हत्या भएको छ । होटलमा आराम गर्न गएकी कमलकी पत्नि डाक्टर प्रियाको आइतबार रहस्मय हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृतक प्रिया एम्स के एनेस्थिसिया डिपार्टमेंटकी रेजिडेंट डाक्टर थिईन् । उनको हत्या हुनुअघि फेसबुकमा लोग्नेसँग झगडा भएको लेखेकी थिईन् ।
मृतक परिवारका अनुसार प्रिया र कमलको विवाह २०१० सालमा भएको थियो । तर उनीहरुबीच बोलचाल राम्रो थिएन् । डाक्टर कमल परपुरुषसँग पल्किएकाले उनीहरुबीच बेला बेला झगडा हुने गरेको परिवारले बताएका छन् ।
प्रहरीले डाक्टर प्रियाको शवलाई पोष्टमार्टमका लागि सरकारी अस्पताल लगेको छ । हत्या कस्ले गरेको भन्ने बारेमा छानविन भइरहेको प्रहरी इन्सपेक्टर एस के चौहानले जानकारी दिएका छन् । source rochak-kura.
Advertisement