आज मिति २०७२ साल जेष्ठ २७ गते अनुसार तपाइको आजको राशिफल
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
आम्दानि क्षेत्रमा रोकावट आउन सक्छ,शरीरमा आलस्यता बढ्नेछ,छर-छिमेकमा असमझदारी बढ्न सक्छ,बोलीमा कमजोरी देखिन्छ,कष्टकर यात्राको योग देखिन्छ,खर्च बढ्नेछ।



वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :

आम्दानीका मुहान हरु खुल्नेछन,रोकिएका धन हात लाग्नेछ,साथी संगीको सहयोग मिल्नेछ,कृषि तथा पशुधन संग सम्बन्धि व्यवसायमा मनग्य लाभ हुनेछ,पठन पाठनमा गति बढ्नेछ।




मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
नोकरी तथा व्यवसायमा लाभ मिल्नेछ,ठुला व्यक्तिहरुको बिस्वास जित्न सकिनेछ,सामाजिक तथा राजनैतिक काममा रुची बढ्नेछ भने मान सम्मानमा बृध्दि हुनेछ,सरकारी सेवामा सफलता मिल्नेछ ।




कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
धर्म कर्ममा झुकाब बढ्नेछ,गुरु तथा ,मान्यजनको सहयोग र सद्भाव प्राप्ति हुनेछ,साथि भाइमा खटपट आउन सक्छ,सामान्य बादबिबाद तथा मुद्दा मामिलाको झमेला आउन सक्छ ।





सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
आकस्मिक दुर्घटना को योग देखिन्छ,जरुरी कामबिना बाहिर ननिस्कनु बुध्दिमानी हुनेछ, सरकारी पक्षबाट असहयोगका साथै अपबाद आइलाग्न सक्छ,दाम्पत्य सम्बन्धमा तनाबको अबस्था देखिन सक्छ।





कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
प्रणय सम्बन्धमा मिठासता छाउनेछ,सवारी साधन बाट फाइदा उठाउन सकिनेछ भने नंया मेसेनरी बस्तु हरुको लाभ हुनेछ,नोकरीमा खासै सन्तुष्टि नभएता पनि ब्यबसायिक पाटो सफल हुनेछ।




तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
काम बिगार्ने व्यक्तिहरु सक्रिय रहनाले सहकर्मी संग बिशेष चनाखो रही सम्बन्ध राख्नुहोला, स्वास्थ्यमा क्रमिक सुधार आउनेछ,पद्झाई लेखाइमा भने खासै उन्नति गर्न सकिने देखिन्न।





वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
साह्त्यिक साधनामा समय बित्नेछ,पढाइ लेखाइमा गति कम लागेता पनि खेलकुद तथा कलाकारिता सम्बन्धि ब्यबसायमा गति बढ्नेछ,खानपानमा भने कमजोरी आउन सक्ने देखिन्छ ।




धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
पारिवारिक सम्बन्धमा कमजोरी आउन सक्ने देखिन्छ,संचित धनमालको क्षति हुनेछ,सवारी साधनबाट फाइदा भन्दा क्षति बढी हुने देखिन्छ,व्यक्तिगत तथा सामाजिक सुखमा कमि आउनेछ।




मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
साहसिक काम गरिनेछ,मिष्ठान् भोजनको साथमा रमाइलो भेटघाटमा रमाईनेछ,बाक् शक्तिमा बिशेष बढोत्तरी हुनेछ,दाजुभाइमा भने तिक्तता आउन सक्छ,रोमान्चक दिन बन्नेछ।




कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
धन तथा यशको आर्जन गरिने छ,बिचार पुर्बक गरेका निर्णय हरुले दिर्घकालिन प्रतिफल प्रदान गर्नेछ,धैर्यता कायम गर्न नसकिएला,सामाजिक रुपमा सम्मानित हुनेअबसर मिल्नेछ।





मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
निकै फलदायी दिन रहनेछ,रोकिएका कामहरु पुरा गर्न सकिनेछ,शरीरमा जोश जाँगर बढ्नेछ, सामाजिक प्रतिनिधित्व गरेर सभा सम्मेलनमा सरिक हुने अवसर मिल्नेछ,बादबिबाद बढ्न सक्ने देखिन्छ  source dainik online khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.