बेहुली लिन हिडेका जन्ती लास लिएर फर्किए
Advertisement

जेठ २६ ,  सप्तरीको हनुमाननगरबाट राजविराज हिंडेको एक जन्तीको मंगलबार सडक दुर्घटनामा परी मृत्यु भएको छ ।


बमनगामा कट्टी–९ स्थित मन्सापुर चोकको कलभर्टमा स १ प ८४१० नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलका  चालक कञ्चनरुप १ का २५ वर्षीय सजिम शेखको मृत्यु भएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

मोटरसाइकलको पछाडी सवार मृतकका साला हनुमान नगर २ का २२ वर्षीय इर्शाद अली गम्भिर घाइते भएका छन् । गम्भिर घाइते अलीलाई तत्कालै उपचारका लागि धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी नायव निरीक्षक दावा तामाङ्ले जानकारी दिए ।

शवको राजविराज–३ स्थित अञ्चल अस्पतालमा मंगलबार साँझ पोष्टमार्टम भएको छ । जन्ती आएका शेखको मृत्युपछि अधिकांश जन्तिहरु लाश लिएर फर्किएका छन् भने कोही अलीको उपचारका लागि धरान पुगेका छन् । उनिहरु राजविराज ७ का लागि हनुमाननगर २ बाट सागिर अलीको छोराको विहेमा जन्ती हिंडेका थिए ।  source naulo-khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.