उडिरहेको हेलिकोप्टरमा गोली चल्यो, तीन सुरक्षा अधिकारीको मृत्यु
Advertisement

काठमाडौं, ३१ जेठ । उडिरहेको एक हेलिकप्टरमा गोली चल्दा दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जना सुरक्षा अधिकारी घाइते भएका छन् ।

इस्लामिक स्टेट नामको एक आतङ्कवादी संस्था (आइएस) ले सिरियामा शनिबार गोलीहानी हेलिकोप्टर खसालेको बताएको छ । सो हेलिकोप्टरमा रहेका तीनजना सिरियाली अधिकारीको ज्यान गएको बताइएको छ ।
सिरियाको उत्तरी प्रान्तमा शनिबार उनीहरुले गोलीहानी सो होलिकोप्टर खसालेका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सो जानकारी दिएको छ ।
उक्त अधिकारवादी संस्थाले सो हेलिकोप्टरमा रहेका तीनजना सिरियाली अधिकारीको ज्यान गएको पनि बताएको छ ।
सो क्षेत्रमा विगतका केही समयदेखि नै आइएसको प्रभाव रही आएको छ । रासस/सिन्ह्वा
स्रोत - दैनिक नेपाल

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.