रानीबारी हत्याकाण्डका अभियुक्त समात्नेलाई नगद पुरस्कार
Advertisement
काठमाडौं । झण्डै १२ वर्षअघि भएको रानीबारी हत्याकाण्डको छानविनमा सफलता पाउने प्रहरी अधिकारीहरुलाई सरकारले नगद सहित सम्मान गरेको छ ।
सरकारले रानीबारी हत्या अनुसन्धानमा संलग्न डीआइजी हेमन्त मल्ल ठकुरीलाई ३० हजार नगद, डीएसपी भीमबहादुर दहाललाई २५ हजार र प्रहरी निरीक्षकहरु महेश बस्नेत र दिपेन्द्र अधिकारीलाई २२÷२२ हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको हो ।
रानीबारीमा एक दम्पत्तिको विभत्स हत्या भएको १२ वर्षपछि प्रहरीले हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याएको थियो । source nepalsandesh

Advertisement