किशोरीको सामूहिक बलात्कार, ६ जना पक्राउ
Advertisement

सुनसरी, जेष्ठ २९ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र एक किशोरीलाई नियन्त्रणमा लिएर सामूहिक बलत्कार गर्ने ६ जना अभियुक्तलाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।


पक्राउ परेका ६ जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । गत सोमबार राति बीपी प्रतिष्ठानदेखि पश्चिमको जंगलमा प्रेमीसँग बसिरहेकी १५ वर्षीया किशोरीलाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरिएको थियो ।

घटनापछि प्रहरीले एक दर्जन व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गर्दा ६ जनाले सामूहिक बलात्कार गरेको स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान–१७ का समिर राई, प्रितेश लिम्बु, आकाश लिम्बु, धनकुटा बेलहरा गाविसका विटु राई, धनकुटाकै भेडेटार गाविसका विकेश राई र भोजपुर नगरपालिकाका विपिन राई छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।  source rochak khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.