अव हावाबाटै मोबाइल चार्ज गर्न सकिने
Advertisement

बैज्ञानिकहरुको दावीलाई मान्ने हो भने अव तपाइँको मोबाइल चार्ज गर्न चार्जरको जरुरत पर्ने छैन । बैज्ञानिकहरुले छिट्टै हावाबाट मोबाइल चार्ज गर्न सकिने प्रविधिको विकाश हुने बताएका छन् ।

यो प्रविधी विकाश भएपछि मोबाइललाई चार्ज गर्न चार्जरमा जोड्नु पर्ने छैन किन भने हावाबाट नै मोबाइल चार्ज हुनेछ । अमेरिकाको निकोला ल्याब्स ओह्यो स्टेट युनिभर्सिटीमा यो प्रविधी विकाश भैरहेको छ ।
यो प्रविधी मोबाइल फोनमा नेटवर्क सिग्नल खोज्नका लागि खर्च हुने रेडियो फ्रिक्वेन्सीलाई उर्जामा बदलेर ब्याट्रिमा ९० प्रतशित चार्ज गर्नका लागि प्रयोग हुनेछ ।
यो प्रविधी अर्को बर्ष सम्म बजारमा आइसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।
यो प्रविधीमा स्मार्टफोन सहित वायरलेस डिभाइस र एम्बेडेड सेन्सर्समा समेत प्रयोग गर्न सकिनेछ । यसरी चार्ज भएको ब्याट्री समेत अन्य प्रविधीबाट भएका चार्ज भन्दा बढी टिकाउ हुने बताइएको छ ।source:npheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.