निःशुल्क भिसा र टिकले ३७ अर्बको हुण्डी कारोबार रोकिने
Advertisement

३१ जेठ, काठमाडौ । खाडीका ६ मुलुक र मलेसियाका रोजगारदाताले नै नेपाली कामदारको हवाई टिकट भिसा शुल्क बेहोर्नुपर्ने निर्णय कार्यान्वयन भएपछि अर्बौ रुपैयाँको हुण्डी कारोबार पनि रोकिने भएको छ ।

कमिसनका लागि भन्दै म्यानपावर एजेन्सीमार्फत विदेश पठाइने हुण्डी निःशुल्क भिसा र टिकटको ब्यवस्थासँगै बन्द हुने भएको छ । श्रम तथा रोजगार मन्त्रीस्तरीय निर्णयबाट म्यानपावर एजेन्सीले सेवा शुल्कबापत बढीमा १० हजार रुपैयाँ लिन पाउने ब्यवस्था गरिएको कारोबारमा खबर छ ।
श्रम तथा रोजगारराज्यमन्त्री टेकबहादुर गुरुङ रोजगारदाताले कामदार लिँदा भिसा र टिकट खर्च बेहोरेपछि अबैध रुपमा हुने हुन्डी कारोबार पनि बन्द हुने बताउँछन् ।
यो निर्णयले केही तरंग पैदा भए पनि यसले मुलुककै अर्थतन्त्रलाई सघाउने दाबी गुरुङले गरे ।
बहराइन, कतार, साउदी अबर, यूएई, ओमान, कुवेत र मलेसिया जाने कामदारको आउने जाने हवाई टिकट र भिसा खर्च रोजगारदातले ब्यहोर्नुपर्छ । यो खर्च कामदारको पारिश्रमिकबाट कट्टा गर्न पाइँदैन । सेवा शुल्कबापत कामदारसँग १० हजार रुप्ैया लिई अनिवार्य रसिद दिनुपर्नेछ ।
माग ल्याउन कमिसनस्वरुप खाडीका ६ मुलुक र मलेसियामा वाषिर्क झण्डै ३७ अर्ब रुपैयाँ हुण्डीमार्फत बहिरिने गरेकेा अनुमान छ । म्यानपावर एजेन्सीले एक कामदारको माग ल्याउन ६० हजारदेखि एक लाख २० हजार रुपैयाँसम्म कमिशन तिर्छन् । गत आवमा २ लाख १३ हजार युवा मलेसिया गएका थिए । source a2z khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.