प्रेमिकाले धोका दिएपछि मलेसियामा कार्यरत एक नेपालीले आत्महत्या गरे ।
Advertisement

प्रेमिकाले धोका दिएको भन्दै मलेसियामा एक युवकले गत जुन १२ मा आत्महत्या गरेका छन् । सिन्धुली जिल्ला लदाभिर ८ का सन्तोस भुजेलले ट्वाइलेटमा पासो लगाएर आत्महत्या गरेको जानकारी यूएईमा रहेका उनका छिमेकी कृष्ण भट्राईले जानकारी दिएका छन् ।

दुई वर्षअघि मलेसिया गएका भुजेल अत्यन्तै इमानदार, सोझा र परिवारमा कान्छा छोरा रहेको भट्राईले बताए । परिवारको गर्जो टार्ने छोराको आत्महत्याको खबरले परिवार मात्र नभइ गाउँनै शोकमा डुबेको भट्राईले जानकारी दिएका छन् ।


काठमाडौमा रहेकी रबिना (नाम परिवर्तन) नामकी पे्रमिका सँग लामै समयदेखिको प्रेमसम्बन्धमा खटपट उत्पन्न भएपछि आत्महत्याको बाटो रोजेको सुसाइड नोटमा उल्लेख छ । क्याम्पमा रहेका सुदिप र रमेश नामका दुई व्यक्तिलाई दाइको सम्बोधन गर्दै सन्तोषले माया भन्ने चिज यस्तै हुँदो रहेछ, कसैलाई मायाले बचाउने त कसैलाई मायाले मार्दो रहेछ भन्दै उनको मायाले आफूलाई मृत्युको नजिक पुर्याएको उल्लेख छ । सन्तोषले आफ्नो लाशलाई चॉडै नेपाल पुर्याइदिन सुसाइड नोटमा आग्रह समेत गरेका छन् ।

यो जुनीमा त उनको हुन सकिन, अर्को जुनीमा उनको भएर आउनेछु भनी सन्तोसले सुसाइड नोटमा लेखेका छन्, ‘आज म कसैको मायामा पागल भएर टाढा जाँदैछु ।’ सन्तोष मलेसियाको जोहरबारुस्थित एक कम्पनीमा मजदुरका रुपमा काम गर्थे । कमाइ गर्ने छोराको आत्महत्याको कारण निम्न वर्गीय भुजेल परिवारको मानसिक र आर्थिक समस्या उत्पन्न भएको भटराईले बताएका छन् । भुजेल परिवारको सहयोगका लागि यूएईमा रहेका सोही क्षेत्रका बासिन्दाहरुबीच आर्थिक संकलन गरी राहत उपलब्ध गराउने अभियान चलाइएको भट्राईले बताएका छन्।  source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.