‘राजधानीको न्यूरोड बजारलाई सिफ्ट गर्न हामी जग्गा खोज्दै छौं ।’नयन बहादुर पण्डित क्षेत्री, अध्यक्ष राष्ट्रिय व्यापार संघ
Advertisement

भूकम्पका कारण मुलुकको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ । नेपालको भन्सार पनि ठप्प छ । नेपालको व्यापारिक केन्द्रबिन्दु मानिएको न्युरोड यतिखेर सुनसानजस्तै छ ।

यसैक्रममा विजनेस संसार डटकमले भुकम्पले न्युरोडको व्यापार–व्यवसायमा पारेको प्रभाव र अबको नीतिबारे राष्ट्रिय व्यापार संघका अध्यक्ष तथा वरिष्ठ व्यवसायि नयनबहादुर पण्डित क्षेत्रीसंग भूकम्प र अर्थतन्त्रका बारे विशेष कुराकानी गरेको छ । प्रस्तुत छ, उहाँसँगको कुराकानी उहाँकै शव्दमा  :
व्यापार सञ्चालनमा बाधा
भुकम्प आएलगत्तै हामी केहि हतास पनि भएका थियौं । भुकम्प आएलगत्तै  केहि संस्थागत कामहरु सञ्चालन गरेका थियौं । राहत वितरणको सिलसिलामा सिन्धुपाल्चोकको ईचोक गाविसका करिब ३०० घरधुरीलाई राहत सामग्री बाँड्यौं । दोस्रो पटक हामीले नुवाकोटमा राहत वितरण गरेका थियौं । त्यसपछि हामीले व्यापार व्यवसाय गर्ने न्युरोड आसपासका क्षेत्रका गल्लिहरुमा गएर व्यवसाय गर्न सक्ने स्थिती कम भएकोबारे साथिहरुको बिचमा छलफल गरेको थियौं । बैशाख २९ गतेको पराकम्पन पछि फेरि धक्का लागेको हो । त्यसपछि व्यबसायीलाई झन् हतास बनाएको छ । हामीले न्यूरोड आसपासका घरहरुमा  गएर व्यापार गर्न सकिरहेका छैनौ । अहिले बजार खोल्न थालीएको छ, तर व्यापार व्यबसाय ठप्प छ । समानहरु ल्याएर विक्रि वितरण गर्न सकिरहेको अवस्था छैन ।  सधै भिडभाड हुने व्यापारीक केन्द्र न्युरोड अहिले सुनसान छ ।
पुरानो संरचना र अव्यबस्थीत घरहरु
न्युरोड आफैमा एउटा पुरानो संरचना पनि हो । न्युरोड क्षेत्रका गल्लिहरुमा निर्मीत भवनहरु एकदमै ठुला टावर जस्ता छन्, जिर्ण छन् । एकदमै पुरानो संरचना भएका  कारणले गर्दा पनि यस क्षेत्रका व्यापारी व्यवसायिहरु भुकम्प र त्यसपछि आउने पराकम्पनको कारणले  आत्तिएका  छन् र  तत्काल काममा फर्केर ढुक्कले काम गर्ने मनस्थितिमा छैनन् । न्युरोडका मुख्य चोकहरु सालिकचोक, फसिकेव, भोटाहिटि महाबौद्ध लगायतका व्यापारीक ठाउँहरु अति साँघुरा छन् । भुकम्प जुनसुकै समयमा पनि आउन सक्ने भयो तर त्यहाँ भाग्ने कुनै ठाउँ छैन । आफू सुरक्षित हुने खुल्ला स्थान छैन, भागेर जाने ठाउँ छैन । भलै यसपालीको ठुलो भूकम्पले यहाँका घरहरु त्यति धेरै क्षति भएनन् तर भूकम्प त कुनै पनि वेला आउन सक्छ नि यसकारण हामी भूकम्परहीत स्थानमा बस्नका लागि यहाँ सम्भव नै छैन । अव न्यूरोडको मुहार बदल्न पर्छ पुरमाना संरचनाकमा घरहरु हटाउनुपर्छ र नयाँ घरहरु पनि घटाएर २÷३ तलामा झार्नुपर्छ ।
 आचारसंहिता मिचेर बनाइएका घर बढी खतरनाक
न्युरोड राज्यलाई राम्रो कर तिर्ने स्थानमा गनिन आउँछ । त्यो थलो सुरुमा व्यवसायिक थिएन । व्यवस्थित नै थियो । पछि अव्यवस्थित शहरीकरणको रुपमा विकास  हँुदै जाँदा न्युरोड आजकोे यो विषम परिस्थितीमा आएको छ । भुईचालो आउँदा सबभन्दा पहिले  मानिसले न्युरोडलाई सम्झन्छ । व्यवसायिक हब भनिएको यस ठाउँमा घरधनीले  आचारसंहिता मिचेर संरचना बनाएका छन् । त्यो नै आजका लागी एउटा घातक जस्तो भयो । होलसेल व्यवसायि एकदमै धरासायि अवस्थामा छन् । विजनेस को समयमा भुईचालो  आयो भने  हजारौं व्यवसायि र ग्राहक हताहत  हुने अवस्था छ, त्यसैले पनि न्यूरोडको संरचनामा पुर्नविचार गर्ने पर्छ ।
न्यूरोडका व्यापारीक स्तम्भ सार्नुपर्छ
राष्ट्रिय व्यापार संघको संयोजकत्वमा अरु संघसंस्थासंग सहजीकरण गरेर अब हामीले सरकासंग ८/१० हजार पसलहरु स्थापना गर्नको लागी खाली स्थानको जग्गा माग गरेका छौं । त्यहाँबाटै हामीले व्यवसायीलाई अगाडि बढाउन सक्छौं । सरकार योजना अनुसार अघि बढेको खण्डमा पक्कै पनि यो डर त्रास कम भएर हामीले ढुक्कसंग व्यापार व्यवसायलाई अगाडि बढाउन पाउने थियौं । त्यसका लागि न्यूरोडका सबै व्यबसाय सिफ्ट गर्ने नै हो । अहिलेको समयमा सबै कुरा यहाँ खाँदीएको छ । अब जुत्ताको छुट्टै स्थान, रेडिमेट कपडाको छुट्टै स्थान, इलेक्ट्रोनिक सामानको छुट्टै स्थान तथा गरगहनाको छुट्टै स्थान बनाउन जरुरी छ । त्यसका लागि किर्तिपुरको एउटा ठाउँ होला, भक्तपूर अर्को ठाउँ होला, थानकोटमा अर्को व्यबसायको ठाउँ होला, यसरी स्थानान्तरण गर्दै लैजान जरुरी छ । अब नयाँ हिसावले व्यापारीक केन्द्रको निर्माण गर्नु पर्छ । यही कार्यमा हामी जुटीरहेका छौं ।  अव हामीले यसका लागि विभिन्न संघसंस्थाहरुको सहभागितामा मेरो संयोजकत्वका व्यबस्थापन समिति बनाएका छौं । सरकारका विभिन्न निकायसँग समन्वयन हुँदैछ । प्रधानमन्त्री र अर्थमन्त्रीहरुसँग भेट गरेर हामी यो कुरा उठाउँछौं, कि अब व्यापारीक केन्द्र यहाँबाट संचालन गर्न कठिन छ । source:business sansar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.