थाहा पाई राखौं ... पाँच आहार जसले दिन्छ राम्रो निन्द्राको उपहार
Advertisement

ओएस नेपाल, काठमाडौं, २४ जेठ – अनिन्द्राका पीडितहरुले केही खाद्य पदार्थ मिलाएर सेवन गर्दा उक्त समस्याबाट छुट्करा पाउन सक्छन् । यस्तै राम्रो निन्द्रा पनि लाग्नेछ । राम्रो निन्द्रा लाग्न पनि ती आहाराले मद्दत गर्छ । उक्त आहारामा यस्ता पौष्टिक तत्व छ की जसको सेवनले दिमाखलाई पनि रिल्याक्स दिन्छ । यी खाद्य पदार्थमा मेलाटोनिन, म्याग्नेसियम, ट्राइप्टोनिन, काब्रोहाइड्रेड र पोटासियम जस्ता तत्व पाइन्छ ।


१.चेरी

तपाईं अनिन्द्राबाट हैरान हुनुहुन्छ भने चेरीको रस नियमित सेवन गर्न आवश्यक छ । रातो चेरीमा काफी मात्रामा मेलाटोनिन पाइन्छ । यो एक राम्रो एन्टिआक्सिडेन्ट हो । यसले अनियमित निन्द्रालाई सुधार गर्न निकै मद्दत गर्छ । मेलाटोनिनले शरीरमा लाग्ने रोगका किटाणु नष्ट गर्न पनि सहयोग गर्छ । आहारा विशेषज्ञहरु चेरीमा भिटामिन ‘सी’ र भिटामिन ‘के’ को राम्रो श्रोत मान्दछन् । यसमा थाइमिन, राइबोफ्लैविन, भिटामिन ‘बी सिक्स’ धेरै मात्रामा पाइन्छ ।

२.दूध

नियमित र राम्रो निन्द्रा लाग्न नियमित दूध सेवनले सहयोग गर्छ । रातको समयमा सुत्नु अघि एक गिलास मनतात्तो दूध पिएर सुत्दा नियमित र राम्रो निन्द्रा लाग्ने गर्छ । सुत्नु अघि नियमित एक गिलास दूध पिउँदा मांसपेशी र नसालाई आराम दिने भएकाले पनि राम्रो र नियमित निन्द्रा लाग्छ । तर, दूध पिएको एक घण्टापछि मात्रै सुत्नु पर्ने चिकित्सकको सुझाव छ ।

३.दानादार अन्न

दानादार केही अन्नले पनि निन्द्रा लाग्न सहयोग गर्ने विशेषज्ञहरुले बताएका छन् । जौ जस्ता दानादार अन्नमा भिटामिन ‘ई’, भिटामिन ‘बी’ र अन्य अन्नमा जस्तै यस पनि सेलेनियम, आइरन, म्याग्नेसियम प्राप्त हुन्छ । र यसले राम्रो निन्द्रा सहयोग गर्छ ।

४.केरा

केरामा पोटासियम, सोडियम, थाइमिन, रिबोफ्लेविन, नियासिन र फ्यालिक एसिडमा रुपमा भिटामिन ‘ए’, र भिटामिन ‘बी’ पर्याप्त मात्रामा हुन्छ । यसको अलवा केरालाई ऊर्जाको श्रोत पनि मानिन्छ । केराले तनाव कम गर्न पनि सहयोग पुर्याउँछ । केरामा ट्राइप्टोफान नामक एमिनो एसिड हुन्छ, जसले मूडलाई रिल्याक्स गर्छ । जस कारण निन्द्रा पनि राम्रोसँग लाग्छ ।

५.शखरखण्डा (अलुवा)

शखरखण्डामा राम्रो निन्द्रा लाग्नका लागि आवश्यक पर्ने कार्बाेहाइड्रेडको साथै मांसपेशीहरुलाई मजबुद गर्न र आराम सञ्चार गर्ने पोटासियम हुन्छ । शखरखण्डमा आइरन, फोलेट कापर, म्याग्नेसियम, फाइबर पाउनुको साथै भिटामिनको राम्रो श्रोतका रुपमा पनि लिइन्छ । जस कारण राम्रो र नियमित निन्द्रा लाग्छ ।source lumbini khabar



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.