९२ वर्षीय बूढाले गरे २२ वर्षीय युवतीसंग विहे
Advertisement
भनिन्छ लोग्ने मान्छे र घोडा कहिल्यै बूढो हुँदैन । यो कति सत्य हो कति असत्य, यसले महिला र पुरुषबीचको भेदभावलाई बढावा दिएको भन्नेहरु पनि हुन्छन् । तर कहिलेकाहीं यस्तै घटना घट्न पुग्छ । विश्वभरि नै उमेरले ८, ९ दशक पार गरिसकेकाहरु आफ्ना पतातिनी सरहका युवतीसंग विवाह गर्दछन् ।
यसको अनेक कारण हुन्छ र तीमध्ये धन पनि एक हो । धन हुनेले असुहाउँदो किसिमले अर्काकी छोरीमाथि आँखा गाडेर धनकै बलमा श्रीमती बनाउने गरेका छन् । यस्ता घटना अनेक सुनिन्छ यस्तै घटना इराकको एक गाउँमा भएको छ । एक ९२ वर्षीया बृद्धले २२ वर्षीया युवतीसंग विहे गरेका छन् । समाचार अनुसार ९२ वर्षीया मुसली मोहम्मद अल गुजामीले २२ वर्षीय युवतीसंग बिहे गरेका हुन् । यो विवाह बगदाद नजिकैको गुब्बन नामको गाउँमा भएको थियो । समाचार अनुसार मुसली पेशाले एक किसान हुन र उनकी पत्नीको ३ वर्ष पहिले मृत्यु भएको थियो । उनका १६ सन्तान छन् । यो अनमेल विवाह हेर्न टाढाटाढादेखि मानिसहरुको भीड लागेको थियो । विवाहमा चार घण्टासम्म नाचगान चलेको थियो । source taja khabar
Advertisement