Breaking news, बिहीबार राति काठमाडौं उपत्यका र मध्य नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
Advertisement
काठमाडौं : बिहीबार राति काठमाडौं उपत्यका र मध्य नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
राति ९ बजेर ५७ मिनेटमा करिब १० सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पले घरहरु हल्लाएपछि मानिसहरु अत्तालिँदै घरबाहिर निस्केका छन् ।
भूकम्पकाे धक्का काठमाडौैं उपत्यका, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीसम्म महसुस भएको छ ।
बिहीबार बिहान १० बजे पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको भूकम्प गएको थियो । source annapurna post

Advertisement