Breaking news, .साउदी अरबले विद्रोहीको मिसाइल खसाल्यो
Advertisement
२३ जेठ,
साउदी अरबले हूती विद्रोहीले सीमा पारी यमनबाट हानेको स्कड मिसाइललाइ खसालेको छ।
साउदी प्रेस एजेन्सीको अनुसार शनिबार बिहान दक्षिण-पश्चिम शहर खमीसबाट हूती विद्रोहीहरुले हानेको स्कड मिसाइलको बारेमा चाल पाएपछि पेट्रियस मिसाइसले त्यो मिसाइललाइ निशाना बनाइ खसालेको थियो।
स्कड मिसाइललाइ अधिकतम ३०० किलोमिटरको दुरीबाट प्रहार गर्न सकिन्छ। विश्वमा भएका ठाँउ ठाँउका युद्धमा यो मिसाइलको प्रयोग हुदै आएको जनाइन्छ।
साउदी अरबको नेतृत्व गर्ने गठबंधन अनुसार यो भन्दा पहिले शुक्रबार सीमामा भएको लडाइमा साउदी अरबका चार सैनिक र यमनका केही विद्रोही मारिएका थिए।
हुती विद्रोहीले गएको वर्ष राजधानी सनामा कब्जा गरेका थिए। त्यसपश्चात त्यहाँको अधिकांश हिंसाको लागि भागिदार बन्दै आएका छन।
Advertisement