कोष्टारिकाको शानदार जित
Advertisement
१ असार, काठमाडौं । ब्राजिल विश्वकप फुटबलमा एक गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै ‘अण्डरडग’ कोष्टारिकाले उरुग्वेलाई पराजित गरेको छ । चोटका कारण स्टार स्ट्राइकर लुइस स्वरेजलाई बेच्नमा राखेर विश्वकप यात्रा थालेको उरुग्वे आइतबार विहान भएको खेलमा कोष्टारिकासँग ३–१ ले पराजित भएको हो । हारसँगै उरुग्वेको समूह चरणको यात्रा कठिन भएको छ । तीन विश्व विजेताको समूह डीमा परेको इटली र इंग्ल्याण्ड पनि छ । फोर्टालेजामा भएको खेलमा अग्रता भने उरुग्वेले इडिन्सन काभानीको पेनाल्टी गोलमार्फत लिएको थियो । डिएगो लुगानोलाई कोष्टारिकाका जुनियर डिएजले फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए, जसमा काभानीले कुनै गल्ती गरेनन् ।
बल पोजिसन होल्ड गरेपनि उरुग्वेले पहिलो हाफमा गोल थप्न सकेन भने गोल गर्ने कोष्टारिकाको प्रयास असफल भएपछि पहिलो हाफमा उरुग्वे १–० ले अघि रह्यो । तर, दोस्रो हाफको तीन मिनेटमा ३ गोल गोल गर्दै कोष्टारिकाले आफूलाई अण्डरडग भएको सावित ग¥यो । ५३ औं मिनेटमा जोइल काम्बेलले बराबरी गोल फर्काए । पेनाल्टी एरियाबाट दिएको पासमा २१ वर्षका काम्बेलले लेफ्ट फुट शट गोलमा परिणत भएको थियो । ५६ औं मिनेटमा ओस्कार डुआर्टीले गोल गर्दै कोष्टारिकालाई २–१ को अग्रता दिलाए । डिबक्स बाहिर पाएको फ्रि किकाम उनले हेड गोल गरेका हुन् । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो । नाटकीय रुपमा आफ्नो टोली पछि परेपछि उरुग्वेका समर्थकहरुको आँखा रसाएको थियो भने कोही आक्रोस पोखिरहेका थिए ।
नहोस् पनि किन विश्व वरियतामा सातौं स्थानमा रहेको उरुग्वे सन् १९३० मा पहिलो पटक भएको विश्वकप र १९५० को च्याम्पियन हो । खेलको ८४ औं मिनेटमा मार्कोस यूरेनाले गोल गरेपछि नाटकीय खेलमा कोष्टारिका ३–१ ले विजयी भयो । मार्कोस यूरेनाले काम्बेलको पासमा गोल गरेका हुन् । खेलको अन्तिम मिनेटमा उरुग्वेले अर्को झड्का व्यहो¥यो । क्याम्पबेललाई फल गरेपछि म्याक्सी परेर रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । ब्राजिल विश्वकपमा यो पहिलो रातो कार्ड हो । यसअघि भएको खेलमा कोलम्बियाले ग्रिसलार्इ ३-० गोल अन्तरले पराजित गरेको थियो । स्रोत # अनलाइन खबर