विश्वकप फुटबलको महामेला आजदेखि ब्राजिलमा
Advertisement
२९ जेठ, काठमाडौं । १६ जुलाई, १९५० । अबसर थियो ब्राजिल र उरुग्बैबीचको विश्वकप फुटबलको फाइनल भिडन्त । ब्राजिलियन जनता विहानैबाट खुसी मनाइरेका थिए, किनकी उनीहरुलाई विश्वास थियो ब्राजिलले नै उपाधि जित्छ । फाइनल भिडन्त हेर्न झण्डै २ लाख २० हजार दर्शक माराकना स्टेडियमा उपस्थित थिए ।
खेलमा गोल गर्दै अग्रता लिएपछि लागेको थियो कि सबै ब्राजिलकै योजना अनुसार चलेको छ । तर, उरुग्बेले नजिता उल्टाउँदै २–१ को जितका साथ उपाधि जित्यो । जुन दिनलाई ब्राजिलियनहरु सबैभन्दा राम्रो दिन मानिरहेका थिए, एकाएक खराव दिन बन्यो । ब्राजिलका मिडियाहहरुले यो भिडन्तलाई ठूलो त्रासदीको नाम दिए ।
६४ वर्षपछि फेरि एक पटक ब्राजिलमा विश्वकप फुटबलको महामेला हुँदैछ र उसलाई उपाधिको मुख्यदावेदारका रुपमा हेरिएको छ । शिक्षा, स्वाथ्य जस्ता आधारभूत आवश्यकताको बजेट कटाएर विश्वकप आयोजना गरिएको भन्दै भएको प्रदर्शनका बीच ब्राजिल विश्वकपमय भइसकेको छ । सबै ३२ लाख टिकट विक्री भइसकेको छ । जसमा ६ लाख विदेशी पर्यटक ब्राजिल पुग्ने अनुमान गरिएको छ ।
छैटौं स्टार थप्ने चाहना
ब्राजिलले सबैभन्दा बढी पाँच पटक विश्वकप फुटबलको उपाधि जितेको छ । हरेक जितका लागि टिमको झण्डामा एक तारा बनाइएको छ । ब्राजिलियनहरु अब त्यसमा अर्को तारा थप्न चाहन्छन् । तर, उसका लागि स्पेन, अर्जेन्टिना र जर्मनी जस्ता देश बाधक हुनसक्छ । यो पटक ब्राजिलले धेरै भर प्रशिक्षक लुइस फिलिप स्कोलारी र स्टार स्ट्राइकर नेयमारमाथि गरेको छ । स्कोलारी पछिल्लो पटक २००२ मा ब्राजिललाई विश्व विजेता बनाउने प्रशिक्षक हुन् भने नेयमार अहिलेका स्टार । नेयमारलाई पेले जस्तै सिंगल स्टारका रुपमा प्रस्तुत गरिएको छ, जसले आफ्नो देशलाई विश्वकपको उपाधि दिलाउने सक्नेछ । यसैले होला उनले ११ नम्बरको जर्सी छाडेर पेलेकै नम्बर १० रोजेका छन् ।
ओस्कार र विलियनको उपस्थिति दुविधामा
ब्राजिल विश्वकपको उद्घाटन खेलमा घरेलु टोली ब्राजिलले क्रेएसियाको सामना गर्नेछ । खेल कोरिन्थिसन्स एरिना स्टेडियममा नेपाली समय अनुसार राति १ः४५ मा हुनेछ । ब्राजिलको टोलीमा ओस्कार र विलियनको उपस्थिति दुविधामा छ । क्रोएसियाको टोलीमा भने स्ट्राइकर मारियो मान्डुजुकिकको अनुपस्थिति रहनेछ । नोभेम्बरमा आयरल्याण्डविरुद्धको खेलमा सामना गरेको रातो कार्डका कारण उनले विश्वकपको उद्घाटन खेल गुमाएका हुन् । तर, लुका मोडरिक उसको टोलीमा हुनेछ ।
भब्य उद्घाटन समारोह
त्यसअघि करिव आधा घन्टा उद्घाटन समारोह चल्नेछ । जहाँ ब्राजिलका राष्ट्रपति डिल्मा रोसेफ, फिफा अध्यक्ष सेप ब्लाटर लगायतको उपस्थिति रहनेछ । उद्घाटनको आकर्षण ९० हजार बल्बले बनाइएको विशाल फुटबल हुनेछ । त्यस अबसरमा पक्षघात भएका व्यक्तिले रोबर्टको सहायतले फुटबल खेल्नेछ ।
स्रोत # अनलाइन खबर