लागू पदार्थ ओसारपसारमा प्रहरी नै सक्रिय !
Advertisement
भैरहवा, असार २– सीमा सुरक्षाको जिम्मा पाएर सीमामा बसेका रक्षक नै लागु पदार्थ ओसारपसारमा संलग्न भएको खुलासा भएको छ । शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रुपन्देहीमा कार्यरत शसस्त्र प्रहरी जवान सुरेन्द्र ढाडीलाई लागु पदार्थ ओसार प्रसार गरि रहेको अवश्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रङ्गेहाथ पक्राउ गरेपछि लागु पदार्थ कारोबारमा प्रहरी नै संलग्न रहेको खुलासा भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक न्यौपानेले दिएको जानकारी अनुसार सोमबार नेपाल भारत नाका बेलहियामा चेकजाच गर्दा पर्वत शिवालय वाड नं. ३ का २९ बर्षिय वुद्ध गिरी ले भारतको सुनौली बजारमा लागु औषध किनी सुरेन्द्र ढाडी भन्ने व्यक्तिले लिई आउदै (क्यारिङ गरी ) छ भन्ने जानकारी दिएका थिए ।
उनले दिएको जानकारीकै आधारमा सुरेन्द्र ढाडी भन्ने व्यक्तिको खोजतलास गर्ने क्रममा भैरहवाको लुम्बिनी गेट अगाडी रुपन्देही पटखौली गा.वि.स.वाड नं. ९ का २६ बर्षिय को सुरेन्द्र ढाडीले साईकलमा लिई आएको २।२ एम एलको झोल सहितको लागु औषध फेनरागन ४०।नुफिन ४०। डाईजेपाम ४० सिसी , कोरेक्स ६०० एम एल र ४ पुरीया लाई तोैल गर्दा १ ग्राम ८०० मिलीग्राम लागु औषध सहित पक्राउ गर्न सफल भएको प्रवक्ता न्यौपानेले जनाए ।
सो सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेको र ढाडी प्रहरी नियन्त्रणमा रहेको न्यौपानेले बताए । पक्राउ परेका ब्यक्ति पछि शसस्त्र प्रहरी भएको खुले पछि जिल्ला प्रहरीले सो कुरा लुकाउन खोजेको थियो । जिल्ला प्रहरी कार्यालयले सञ्चारकर्मिहरुलाई पठाएको ईमेलमा पक्राउ परेको ब्यक्ति सशस्त्र प्रहरी जवान भएको कतै खुलाएको छैन । प्रवक्ता न्यौपानेलाई फोन सम्पर्क गर्दा मात्र उनले पक्राउ परेका ब्यक्ति सशस्त्र प्रहरी भएको स्विकारेका थिए ।
Advertisement