बेडसिन र शोपिसले पनि नचलेपछि निशा र हर्षिकाले के गर्लान् ?
Advertisement
नेपाली सिनेमा यतिबेला नारी केन्दि्रत हुँदैछ । यो बर्ष नायिकाहरुले नायकहरुको स्टारडममा धक्का दिने पक्का छ । यही समयमा शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मुखौटा’ले आशातित व्यापार गरेन । कारण आ-आफ्नै हुन सक्ला । तर चलचित्रका दुई महिला पात्र र उनीहरुको भूमिकालाई लिएर यतिबेला सर्वाधिक चर्चा भैरहेको छ । चलचित्र हेरेपछि नायिका हर्षिका श्रेष्ठको सर्वाधिक आलोचना भैरहेको छ । सिनेमाको प्रचारमा या पत्रकार सम्मेलनमा आफ्नो विशेेष र फरक भूमिका रहेको बताउँने हर्षिका ‘मुखौटा’ भित्र संवाद बिहिन देखिएकी छिन् । चलचित्रका मुख्य आकर्षणमा रहेका सौगात मल्लको बारम्बार गाली र कुटाई खानु अनि रुनु मात्र उनको भूमिकामा देखियो । यसैले पनि हर्षिकाले सिनेमा चल्नुअघि बढी नै गफ दिएकी हुन् कि भन्ने विश्लेषण गर्न थालिएको छ ।
यता सिनेमाको प्रचारमा सर्वाधिक धेरै समय दिएकी नायिका निशा अधिकारीको भूमिका पनि दहनिय नै देखिएको छ । डान्स बारमा उत्तेजक पहिरनमा नृत्य गर्नु र सामान्य रुपमा चलचित्रका मुख्य पात्र अर्पण थापाको वरिपरी घुम्नु निशाको काम बनेको छ । निशा र हर्षिकाले ‘मुखौटा’मा के हेरेर काम गरे भन्ने प्रश्न समेत सिने बजारमा उठ्न थालेको छ । पुरुष पात्रहरु हावी भएपनि नायिकाहरु शोपिस र आइटम नृत्यमै केन्द्रित हुँदा अब दुई नायिकाले करिअर कसरी अगाडि बढाउँछन् भन्ने प्रश्न सोझिएको छ । सिने करिअरमा केही सिनेमाको बाहेक सफलाताको स्वाद नचाखेकी निशा अधिकारीलाई ‘मुखौटा’को व्यापार र उनको भूमिकाले झनै संकटमा डालिदिएको छ । स्रोत # अनलाइन खबर
Advertisement