पाकिस्तानबाट पठाइएको जासुसी परेवा भारतीय प्रहरीले समातेपछि…..
Advertisement

एजेन्सी / पाकिस्तानबाट पठाइएको जासुसी परेवालाई भारतको पञ्जाबमा प्रहरीले समातेको छ । उक्त परेवालाई पञ्जावको सिमावर्ती गाउँ मनवालमा प्रहरीले समाएको हो ।

परेवाको एउटा पखेँटामा मोबाइल नम्बर र उर्दु भाषामा सन्देश लेखिएको छ । परेवाको पखेँटामा त्यस्तो सन्देश पाएपछि भारतीय प्रहरी चकित भएका छन् ।
यो सन्देशको अर्थ र मोबाइल नम्बरबारे प्रहरीले अनुसन्धान थालेको छ । मनवालस्थित रमेश कुमार नाम गरेका व्यक्तिको घरमा यो परेवा अचानक आएको hinglishnews थियो ।
रमेशले जब परेवाको पखेँटामा केही लेखिएको देखेपछि तत्काल पक्रेर प्रहरीलाई खबर गरेका थिए । परेवालाई पाकिस्तानको नारोवाल जिल्लाको शंकरगढबाट छोडिएको बुझिएको छ ।
परेवालाई जासुसीका लागि या तस्करीका लागि पठाइएको बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
अर्कातिर यो परेवालाई बाजीका सौखिनहरुले प्रयोग गर्ने क्रममा बाटो बिराएर भारतमा पसेको हुनसक्ने पनि भारतीय प्रहरीले अनुमान गरेको छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.