भुइँचालोले मुक्तिनाथ मन्दिरलाई केहि नगर्नुको अर्कै रहस्य
Advertisement
म्याग्दी :म्याग्दी : बिनाशकारी भूकम्पले मुस्ताङमा ठूलो क्षति भए पनि यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरलाई कुनै क्षति भएको छैन ।
मुक्तिनाथको शक्तिको कारण मन्दिरमा केही क्षति नभएको जनविश्वास छ। भूकम्पपछि मन्दिर आउने भक्तजनहरुको संख्या घटेको छ। हिन्दु र बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्रविन्दु मानिने मुक्तिनाथमा पुजापाठ र दर्शन गरे मनोकाँक्षा पुरा हुनुका साथै पुण्य मिल्ने जनविश्वास पनि छ ।
बिनाशकारी भूकम्पका कारण हिमाली जिल्ला मुस्ताङमा तीन करोड रुपैयाँ भन्दा बढी धार्मिक सम्पदाको क्षति भएको छ । उपल्लो क्षेत्रका ६ गाविसमा पाईने तिब्बती संस्कार, मुक्तिनाथ मन्दिर र दामोदरकुण्डका कारण मुस्ताङलाई धार्मिक पर्यटकीय जिल्लामा रुपमा चिनिन्छ । मुस्ताङ हुदै भारतीय भक्तजनहरु तिब्बतको कैलाश मानसरोवर समेत जाने हुँदा जिल्लामा धार्मिक पर्यटनको संभावना उच्च छ ।
बौद्ध धर्मालम्बीहरुले गाउँ–गाउँमा निर्माण गरेका गुम्बाका कारण विश्वका विभिन्न मुलुकबाट बौद्ध धर्मालम्बीहरु यस क्षेत्रमा भ्रमण र अध्ययनका लागि आउने गरेको पाईएको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण अधिकाँश गुम्बा र मठमन्दिरमा क्षति पुर्याएपनि पाँच वटा गुम्बा पूर्ण रुपमा क्षतिग्रस्त बनेको नेपाल रेडक्रस सोसाईटी मुस्ताङका सभापति चन्द्रबहादुर थकालीले जानकारी दिए ।
थकालीका अनुसार, लोमान्थाङ दरबारमा भित्रको रहेको छ्यादेन, छोण्हुपमा रहेको नाङल्याङ, चर्राङको चर्राङ, छोसेरको निफुक र झोङ गाविसमा अवस्थित झोङ गुम्बा पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् ।
जिल्लाभर एउटा गाविसमा कम्तिमा एउटा गुम्बा बनाईएको हुन्छ । पछिल्लो तथ्यांक अनुसारमा जिल्लामा ३१ वटा साना ठुला गुम्बाहरु सञ्चालनमा छन् ।
ती गुम्बाहरुमा धार्मिक पाठ हुनुका साथै बौद्ध धर्मसंग सम्बन्धित लामा पढाई हुने गर्दछन् । ‘सबै गुम्बाहरुको आ–आफ्नो महत्व र इतिहास हुन्छ, एउटा बनाउन कम्तिमा ५० लाख रुपैयाँ आवश्यक पर्छ, सभापति थकालीले भने, ‘अब सरकारले पुरातात्विक क्षेत्रको विकासमा ध्यान दिनुपर्छ ।’
सबैभन्दा उपल्ला क्षेत्रमा रहेको गुम्बाहरुमा बढी क्षति गरेको पाईएको छ । माटो खादेर बनाईने हुँदा लागत धेरै लाग्ने बताईएको छ । ३१ मध्ये आधा भन्दा गुम्बाहरुमा सामान्य क्षति पुगेको अध्ययन क्रममा देखिएको छ ।
थुप्रै धार्मिक सम्पदाहरुमा क्षति पुगेपछि स्थानीयहरु चिन्तित बनेको लोमान्थाङका इन्द्रधारा विष्टले जानकारी दिए । ‘स्थानीयहरु आफ्नो आस्थाको केन्द्र जीर्ण बन्दा चिन्तित देखिन्छ, राज्यले अब ठूलो लगानी गर्नुपर्ने समय आएको छ, विष्टले भने ।
Advertisement