के छ प्रचण्डको मनमा? के छ १६ बुँदेको रहस्य ?
Advertisement

देशका प्रमुख राजनैतिक दलहरुबीचको १६ बुँदे सहमति पछि धैरै राजनैतिक विश्लेषकहरुले यसको हिसाव किताबमा दिमाग खियाउँदैछन् । समयसंगै यसका राजनैतिक महत्वहरु थप प्रष्टिदै जानेछन्। सम्झौताहरु समयसंगै परिवक्क हुन्छन् नै।

यहाँ १६ बुँदे सहमति र एमाओवादी अध्यक्ष प्रचण्डका बारेमा विष्लेषण गर्ने खोजिएको छ। १६ बुँदे पछिको प्रचण्डको प्रस्थान बिन्दुलाइ लिएर धेरैको माथिंगल घुमेको हुनु पर्छ। यो सम्झौता यसअघिका सम्झौता भन्दा खास र अर्थपुर्ण यो मानेमा पनि छ कि प्रचण्डका लागि ‘स्पेस’ कहाँ छ? यो सम्झौताको एक मुख्य खेलाडी प्रचण्डले के बिचार गरेर यो सम्झौतमा बल लगाए होलान? के देख्दैछन प्रचण्ड?


१६ बुँदै सम्झौताका आधारहरु त स्पष्टै छन्। दलहरु एकाएक यसै सहमतिमा पुगेका होइनन्। अनेक रसायन मिसाएर यसको उत्पति संभव पारिएको हो। एउटा प्राकृतिक रसायन ‘भुकम्पको विपत्ती’ देखिने गरेरै र सत्ता प्राप्तिको अर्को रसायन छदम रुपमा यो सम्झौतमा मिसिएको छ।

जोश, आक्रोश र लाल विध्वंशमा जनयुद्धको उडान भरेका प्रचण्डको गाडी पहिलो संविधानसभाको चुनाव अगाडीसम्म ट्र्याकमै थियो। पहिलो संविधानसभाको नतिजापछि उनको यात्रा आकाशिन थाल्यो । कटुवालसंग ठोक्किएपछी भुँइ झरेको उनको महत्वकांक्षी विमानले रनवेमा दौडिएर फेरी आकास छुन् सकेन।
तीनै दलका दोस्रो तहका नेताहरुको घनिभुत प्रयासमा यो सहमतिलाई साकार बनाइएको भए पनि यसमा शीर्ष नेताहरुको स्वार्थलाई खास स्थान दिइएको छ।

एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति छ, सुशिल कोइरालालाई संविधान जारी गरि प्रधानमन्त्री छोडेपछी राष्ट्रपतिको बाटो देखाइएको छ। तर प्रचण्डलाई खै त ?

धेरैले प्रचण्ड राष्ट्रपति बन्ने बाटो तर्फ लागेको अड्कल काटेका थिए। तर बिबिसी नेपालीसंगको अन्तर्वातामा प्रचण्ड संवैधानिक राष्ट्रपति बन्नै नचाहेको मात्रै होइन् प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको वकालत गर्नेले संवैधानिक राष्ट्रपति बन्न नैतिकताले नदिने तर्क गरे। त्यसो भए प्रचण्डले के चाहिरहेका छन् ?

राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री एमालेलाई ? संभवत दुवै दलका शीर्ष नेताले ती पदहरु पदपुर्ति गर्नेछन् । तर प्रचण्डको भने संभावित स्थान कतै देखिन्न। तर प्रचण्डलाई जान्ने बुझ्नेहरु उनलाई राजनीतिका औसत खेलाडी मान्दैनन्। भलै नेपाली राजनीतिको औकात औसत स्तरको मात्र हो।

१६ बुँदे सम्झौता लगतै केही मानिसहरुले उनलाई ‘हिरो’ बनाउन लागि परेका छन्। उनले बाघै मारेझैं गरिएको यो प्रचारको बजार मुल्य रहेपनि राजनैतिक मुल्य भने छैन्। १६ बुँदे सहमतिमा प्रचण्डको जीत छैन्।

१६ बुँदै सहमतिपछि प्रचण्डले पार्टी भित्रको सत्ता पनि बलियो पार्दैछन्। पछिल्ला अन्तर्वातामा उनले प्रष्टै भनेका छन्-अझै ७-८ वर्ष सक्रिय राजनीति गर्छु भनेर। पार्टी भित्र अध्यक्ष पदमा कसैबाट खतरा छैन् भन्ने भन्नु पनि कम्तिमा अर्थपुर्ण छैन्। अध्यक्ष पदमा इच्छा देखाएका अर्का नेता भट्टराईलाई पनि यसले निरास पार्नेछ ।
हुन त यो सम्झौतमा जित्ने भन्दा हार्नेहरु बढि छन्। कांग्रेस र एमालेले पनि यसमा जीत भन्दा हार बढि भेट्छन्। १६ बुँदे सम्झौताबाट राजनेता बन्ने भ्रममा पनि प्रचण्ड छैनन्,उनका आसेपासेका प्रचारको ल्याकत सबै भन्दा बढि उनैलाई थाहा छ।

जोश, आक्रोश र लाल विध्वंशमा जनयुद्धको उडान भरेका प्रचण्डको गाडी पहिलो संविधानसभाको चुनाव अगाडीसम्म ट्र्याकमै थियो। पहिलो संविधानसभाको नतिजापछि उनको यात्रा आकाशिन थाल्यो । कटुवालसंग ठोक्किएपछी भुँइ झरेको उनको महत्वकांक्षी विमानले रनवेमा दौडिएर फेरी आकास छुन् सकेन। बरु त्यसपछि प्रचण्ड लगातार भासिने थाले। स्थिती त कस्तो सम्म भयो भने प्रचण्डले जे छोयो त्यही बिग्रने। पार्टी भित्रै उनका विरुद्ध गठबन्धन बन्न थाले। पार्टी सग्लो रहेन। छवि उही रही रहेन। स्वखलनको स्तर भयाभह भयो। त्यसलाई दोस्रो संविधानसभाको नतिजाले अझै दोब्बर पार्यो। त्यसका यताका ३० दलिय गठबन्धनले पनि लछारपाटो लाउन सकेन।

यही पृष्ठ भुमिको आधारमा प्रचण्डको १६ बुँदेपछिको गन्तब्य तय गरिएको बुझिन्छ।

किने गरे प्रचण्डले १६ बुँदे सहमति ?

युद्धकालमा उपयोगी सावित भएका रणनीतिहरु खुला राजनीतिमा सान्दर्भिक हुँदैनथे। यो सम्झौतासंगै केही बिसाउनै पर्ने मुद्धा प्रचण्डले बिसाएका छन्। संघियताको मुद्धा एमाओवादी पार्टीलाई निल्नु न ओकल्नु भईसकेको थियो। त्यसमाथि जातियतासंग जोडेर भएको यसको प्रचारले भोटब्याङ्कमा समेत ठुलो धक्का लगाइदिएको थियो। अब प्रचण्डलाई नयाँ मुद्धा बोक्ने अवसर मिल्दै छ।

गणतन्त्र, संघियता, धर्मनिरेपक्षता, नयाँ संविधानलाई सस्थागत हुँदा त्यसबाट जस लिने र नयाँ शिराको नयाँ चुनावको तयारी गर्ने मौका यहि १६ बुदैले प्रचण्ड सहित उनको पार्टीलाई दिनेछ।
१६ बुँदै सहमतिपछि प्रचण्डले पार्टी भित्रको सत्ता पनि बलियो पार्दैछन्। पछिल्ला अन्तर्वातामा उनले प्रष्टै भनेका छन्-अझै ७-८ वर्ष सक्रिय राजनीति गर्छु भनेर। पार्टी भित्र अध्यक्ष पदमा कसैबाट खतरा छैन् भन्ने भन्नु पनि कम्तिमा अर्थपुर्ण छैन्। अध्यक्ष पदमा इच्छा देखाएका अर्का नेता भट्टराईलाई पनि यसले निरास पार्नेछ ।

गणतन्त्र, संघियता, धर्मनिरेपक्षता, नयाँ संविधानलाई सस्थागत हुँदा त्यसबाट जस लिने र नयाँ शिराको नयाँ चुनावको तयारी गर्ने मौका यहि १६ बुदैले प्रचण्ड सहित उनको पार्टीलाई दिनेछ।

सत्ताको नेतृत्व नपाएपनि सरकारको भागवण्डमा भने माओवादीले राम्रै स्थान पाउने संभावना छ। लगातार सत्तामा रहेर कसरी फाइदा लिन सकिन्छ र लथालिंग संगठनलाई प्राण भर्ने सुत्र एमालेसंगै सत्ता साझेदारी गर्दा सिक्ने अवसर पक्कै प्राप्त हुनेछ।

एमाओवादी अब राजनीतिको ‘बेसिक्स’मा फर्कदैछ। अब ठुला ठुला मुद्धामा होइन स-साना विकासे मुद्धामा फर्कने संकेतहरु देखिएका छन्। घाँडो भएका मुद्धाहरुलाई एउटा निकास दिएपछि नयाँ मुद्धाको लागि स्पेस मिलेको छ। १६ बुँदले प्रचण्ड सहित उनको पार्टीलाई यो अवसर दिएको छ।

भुकम्पको महाविपत्तीपछि प्रचण्ड सहित उनको पार्टी चलायमान भएको छ यसअघिका कमजोरी बिर्साउने गरि पुरै पार्टीलाई निर्माणमा होम्ने नयाँ ठाउँ भेटिएका बेला पुरानै संघियता,शासकिय स्वरुपमा मात्र माथापच्चि गरिरहँदा कालन्तरमा पार्टीनै असान्दर्भीक हुने खतराबाट पनि प्रचण्ड र उनको पार्टीलाई यही १६ बुँदेले जोगाउने छ।

यो पछिल्लो सहमति पछि प्रचण्डले पछाडी फर्कने बाटोहरु बन्द गरेका छन् । त्यो हो जनयुद्धको पुरानो बाटोतर्फ जाने सम्पुर्ण बाटोहरु बन्द छन्। मोहन वैद्य नेतृत्वको माओवादीसंगको एकता पनि अब प्राथमिकतामा परेन। ३० दलिय गठबन्धनको डुंगा पनि अब प्रचण्डलाई चढ्नु छैन्। यसले प्रचण्डलाई दूईटा डुंगाबाट सवार गर्नेबाट बचाएको छ। source nepaliheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.