भूकम्पबाट काठमाडौंमा थप एक जनाको मृत्यु
Advertisement
विनाशकारी भूकम्पबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ ।
विनाशकारी भूकम्पपछि परकम्पन आउने क्रम नरोकिरहेका बेला अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको मृत्यु हुने क्रम जारी छ ।
भूकम्पमा घर भत्किएर गम्भीर घाइते भएका डम्बरबहादुरको मस्तिष्कमा गहिरो चोट लागेको थियो । घाइते भएकै दिन अस्पताल भर्ना गरिएका डम्बरको डेढ महिनापछि मृत्यु भएको हो । उनको शवलाई परिवारको जिम्मा लगाइएको छ ।
सोत - दैनिक नेपाल

Advertisement