काठमाडौंको तारेभीरमा पहिरो, २ सय घर जोखिममा
Advertisement
काठमाडौँ , जेठ,३० । काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित प्रसिद्ध तारे भीरमा शनिवार विहानैदेखि पहिरो गएपछि तारेभीर आसपका करीब २ सय परिवार बिस्थापित भएका छन् ।
पहिलो बालुवा गाविसमा रहेको तारेभीर अहिले गोकर्णेश्वर नगरपालिकामा पर्छ । बालुवा गाविसका पूर्व अध्यक्ष उद्धब विष्टले आफूहरु पहिरो लगत्तै तारेभीरमा पुगेर स्थानीयलाई सुरक्षित स्थानमा सार्न लागेको बताए ।
वडा नम्बर ४ र ५ का करीव २ सय तामाङ परिवार पहिरोको जोखिममा परेको विष्टले बताए । उनका अनुसार माथि तारेभीरको पहरोबाट ढुंगाहरु खसिरहेकाले बस्तिनै सार्नुपर्ने अवस्था छ ।
काठमाडौं क्षेत्र नम्बर ३ का सभासद रामेश्वर फुयालले वैशाख १२ को भूकम्प लगत्तै पनि तारेभीरमा सानो पहिरो गएको बताए । उनी सहितको टोलीले हालै तारेभीरको अवलोकन गर्दा पहरो चिरिएको पाइएको थियो । यो ठाउँमा अझै ठूलो अनिष्ठ हुने सम्भावना देखिएको उनले बताए । यो पहिरो बढ्दै जाँदा नजिको बस्ति र एउटा विद्यालय सार्नुपर्ने देखिएको बालुवाका पूर्व अध्यक्ष तथा स्थानीय एमाले नेता उद्धब विष्टले बताए । source osnepal
Advertisement