शरीर अमेरिकामा भएपनि मन नेपालमै छः नायिका रेखा थापा
Advertisement

आर्थिक अभावको कारण दाहसंस्कार गर्न कठिनाई परेकाहरुलाई नायिका रेखा थापाले सहयोग गर्ने कामलाई निरन्तरता दिएकी छिन ।

महाभूकम्पपछि आफैँ आर्यघाट पुगेर पीडित परिवारलाई सहयोग गरेकी थापाले आफू अहिले अमेरिकामा भएपनि सहयोगलाई जारी राखेकी छिन । नायिका थापाले पछिल्लो पटक रेखा थापा फाउण्डेशनका सचिव एवम् चलचित्र निर्देशक  शविर श्रेष्ठमार्फत सर्लाहीका कुमार सापकोटाको दाहसंस्कार गर्न लाग्ने सम्पूर्ण खर्च बेहोरेकी हुन । दुवै मृगौलामा खरावी भएपछि उपचारको क्रममा सापकोटा परिवार आर्थिक रुपमा संकटमा परेका थिए । सहयोगबाट सापकोटा परिवारले थोरै भएपनि पीडामा मलमपट्टी लागेको बताएका छन । नायिका रेखा थापाले सुरुवात गरेको पुन्य कमाउने काम उनी नेपालमा नहुँदा आफूले निरन्तरता दिएको निर्देशक श्रेष्ठले नेपालपाटी डट कमलाई बताए । नायिका थापाले आफू अमेरिकामा भएपनि मन नेपालमै रहेको बताइन । उनले जतिसक्दो छिटो काम सकाएर नेपाल फर्कने पनि बताइन । भूकम्पको बेला अधिकांश मानिस खुल्ला चौरमा बसिरहेको बेला उनी उद्दारमा खटिएकी थिइन । दिनरात नभनी पीडितको सेवामा लागेपछि उनको चौतर्फी प्रशंसा भएको थियो । पीडित परिवारलाई सहयोग गर्न निर्देशक श्रेष्ठ आर्यघाटमा  source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.