प्रचण्डको हत्या गर्ने आङकाजी शेर्पाको चेतावनी
Advertisement
१६ बुँदे सहमतिपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चर्चामा छन् । सहमतिको विषयलाई लिएर प्रचण्डको आलोचना र समर्थन भइरहेको बेला जातियताको पक्षमा चर्को रुपमा ओकालत गर्दै आएका आङकाजी शेर्पाले ‘प्रचण्ड’को हत्या हुने चेतावनी दिएका छन् ।
प्रचण्ड जीवित रहनु १३ हजार सहिदको अपमान भएको विषयमा आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उनले १३ हजार नेपाली जनताको हत्यारा प्रचण्ड उपस्थिति बैठक तथा समारोहमा पूर्व जनमुक्ति सेनाहरुले प्रेसर कुकर बम र बन्दुल लिएर जान सक्ने राजनीतिक विश्लेषणको चेतावनी दिएका छन् ।
शेर्पाले राजनीतिक विश्लेषणको हवला दिदै सम्पूर्ण परिवर्तनका एजेण्डाहरुलाई र पहिलो संविधानसभामा प्रधामन्त्री पदसंग र दोस्रो सविधानसभामा राष्ट्रपति पदसंग साटेर खाने १३ हजार नेपाली जनताका हत्यारा २१औ शताब्दीका अति ब्रम्माणवादी आत्मसर्मपणवादी धोकेबाज प्रचण्ड र गछेदार उपस्थित बैठक तथा सभासमारोहमा पूर्व जनमुक्ति सेना तथा मधेसी युवाहरुले प्रेसर कुकर बम र बन्दुक लिएर जाने बताएका छन् । उनले आफ्नो फेसबुट स्टाटरमा १३ हजार वीर शहिदहरुको सपना अधुरो र अपुरो छाडेर प्रचण्डको मात्र सपना साकार पार्न १० बर्ष जनयुद्ध र २०६२/६३ जन आन्दोलन भएको होईन,गद्दार नेताहरुलाई हत्या गरेर दण्डित गर्ने विश्व राजनीतिक इतिहास नेपालमा पनि चाडै दोहोरिन सक्ने राजनीतिक विश्लेषकको दावी छ ।’ source nepaliheadlines
Advertisement